
प्रजातन्त्र ,गणतन्त्र र लोकतन्त्र यि सबै शासन व्यवस्थामा जनता सर्वोपरि हुन्छन।जनता जनार्दन हुन्छन् किनकि यस्तो शासन प्रणालीमा जनताले आफ्नो अभिमत द्वारा देशलाई विधिवत ढंगले सन्चालन गर्नका लागि प्रतिनिधिहरु चुन्ने गर्दछ्न । देश समग्र जनताको साझा सम्पति हो । यो कुनै एक व्यक्ति को स्वार्थी आकांक्षा पुरा गर्ने थलो होइन।यदि देश विधिवत ढंगले अघि बढ्दैन भने देश दुर्घटना तिर जान्छ । त्यसैले यदि देशमा विधि र प्रकृया तोडिदै छ भने जनता जाग्नु जरुरी हुन्छ। किनकि आफ्नो स्वार्थ को निम्ति विधि मिच्ने हरुले जनताको हित गर्लान र देशलाइ प्रतिष्ठित बनाउलान भन्ने कुराको विश्वास गर्न सकिन्न ।

एउटा व्यक्ति र पार्टी भन्दा रास्ट्र ठुलो हो देश ठुलो हो । एक छिन को लागि कुनै व्यक्ति देशको प्रमुख छ भन्दैमा त्यो व्यक्तिलाइ नै देशको भाग्य विधाता ठान्नु मुर्खता हुन जान्छ, त्यसैले अब जनता जाग्न जरुरि छ। कुरा कस्ले के गर्यो किन गर्यो भन्ने होइन कुरा हो विधि र पद्धतिको किनकि विधि र पद्धति सबैभन्दा ठुलो र सर्वोपरि हुन्छ। येदि विधि सबै जनताका जनमत द्वारा निर्मित छ भने । विधि को पालना गर्नु त सबैको दायित्व हुन्छ । ईश्वर पनि ईश्वरत्वको नियमले बधिएको हुन्छ।ईश्वर पनि नियम का आधरमा र नियमका अधिन मा रहेको हुन्छ त्येसैले के बुझिन्छ भने बिधि र प्रक्रिया सबैले मान्नै पर्छ। आफ्नो भन्दैमा जगजाहेर गल्ति गर्द पनि जै जै कार गरेर बस्नु हुन्न ।

रावन र विभिषण को कथाले आज को जन मानुस लाई किन छुन्न रु आखिर तेत्रो लंकाको विकास गर्ने रावन विश्व विजेता रावन जस्ले लंका लाई सुवर्णमयि बनाएका थिए तेस्ता रावन ले जब गल्ति माथि गल्ति गर्दै गए विधि र पद्धति मिच्दै गए एक परनारि को अपहरण गरे जुन कुराको बिरोध विभषणले खुलेर गरे येस्तो गरे वाफत विभिषणले दरबार छोड्ने या रावणलाई समर्थन गर्ने भन्ने कुरा थियो र उनले सत्य र न्याय लाई रोजे दरवार रोजेनन उनि बन बन मा घुमिरहेका रामलाइ साथ दिन पुगे किनकि उनि सत्य र न्याय का समर्थक थिए। तेति बेला उनलाइ रावनले खुबै गिज्यायो किनकि उ शक्ति र सत्ता को मद मा चुर थियो । जो राजा हो भन्दै रावन को पछि लगेका थिए गल्ति लाई साथ दिएका थिए तिनको हविगत के भएको थियो त्यो सर्वबिधित नै छ। त्यसैले पद र सत्ता भन्दा पनि सत्य न्याय र विधि ठुलो कुरो हो । त्यसैले सबैले सत्य न्याय र विधि को समर्थ गर्नु पर्दछ । सत्यका पक्षधर हरु को नाम इतिहास ले गर्वकासाथ लिनेछ भने असत्य अन्याय र विधि लाई तोड्ने हरुको नाम लिदा इतिहास पनि लजाउने छ । विधि नमान्ने हरुले इतिहास को अगाडि लज्जित हुनु पर्नेछ। सत्य न्यान र विधि को पक्षमा लाग्नु नै देश र देशको विधि को मर्यादाको निम्ति ठुलो त्याग गरेको ठहरिनेछ। यो पार्टी त्यो पार्टी भन्दानि सबैले विधि को रक्षार्थ लाग्नु जरुरी देखिन्छ।

अन्याय पुर्ण ढंगले पाएको र आर्जेको शक्ति र वैभवले कसैलाई जीवन पर्यन्त शान्ति दिदैन अमर्यादित ढंगले गरेका काममा न इन्द्रले सुख पाएका थिए न त्रिपुरासुरले न रावन न भस्मासुरले न वर्तमान विश्व का सामन्ति निरंकुश शोसक हरुले। न्यायको निम्ति , स्वधर्मको निम्ति , देशको निम्ति र विधि को निम्ति यदि आफ्ना अभिलाषा हरुको त्याग गर्नु पर्नेछ भने त्यो गर्न सक्नु पर्छ। किनकि इतिहासमा लिनेको भन्दा दिनेको दर्जा ठुलो छ। जबर्जस्ति आफ्नो उच्च स्वार्थी महत्वाकांक्षा का कारण सिङ्गो देशलाई सास्ति र अस्थिरता को भुमरि तिर कुनै पनि बहानामा लान मिल्दैन किनकि देश समग्र देशवासि हरु को हो कसै एकको पेवा होइन ।त्यसैले इतिहासमा लज्जित हुने कार्य कसैले पनि गर्नु हुदैन र यस्तो कार्य गर्ने लाई प्रोत्साहन पनि गर्नु हुदैन ।त्यसैले अब हामि सम्पुर्ण जनता जाग्ने बेला भएको छ । हामि समग्र जनताले येस्ता प्रकारका कार्य गर्ने नेताहरु व्यक्ति हरु र समुह लाई दरिलो जवाफ दिन जरुरि देखिन्छ क्यान्सर भएको अङ्ग आफ्नै भएनि काटेर फाल्नु वेश हुन्छ ।
सत्य न्याय र विधिको शासन को स्थापनाका निम्ति धेरै वीर योद्धा हरुले आफ्नो बलि दिएकाछ्न स् सहिद हरु लखन थापा दशरथ चन्द ,धर्म भक्त , शुक्रराज , गंगालाल अनि भिम दत्त पन्त लगाएत अहिले सम्म धेरै सहिद हरुले आफ्नो बलि दिएका छ्न। अनि नेताहरू वि पि कोइराला , पुष्पलाल, गणेशमान ,मनमोहन अधिकारी , मदन भण्डारी,कृष्ण प्रसाद भट्टराई आदि नेता हरु र अहिले का विभिन्न नेताहरुको पनि इतिहास को कालखण्डमा ठुलै त्याग र समर्पण गरेको देखिन्छ यसैगरि जुन सत्रहजार जनताको रगतको खोलो बग्यो त्यो येस्तै स्वच्छाचारि शासन व्यवस्था को निम्ति कदापि बगेको थिएन । रगत बगेको थियो अनि त्याग गरिएको थियो त केवल विधि, पद्धति, निति ,नियम र शुसासन को स्थापनार्थ सुखि र समृद्ध नेपाल को स्थापनार्थ थियो ।
देशलाई आफैले संविधान सम्मत ढंगले अघि बढाउन र शामन्ति निरंकुश प्रणाली को अन्त्य गर्नको लागिथियो । यदि हामी विधि पद्धति भन्दा बाहिर गयौ भने र यदि विधि र पद्धति को धज्जि उडाउने को पक्षमा लाग्यौं भने हामिलाइ सहिदको रगतले धिक्कार्ने छ धिक्कार्ने छ इतिहासले । त्यसैले अब जनता जाग्नु पर्छ ।सम्पुर्ण देश बासि जाग्नु पर्छ देश को माटो लाई साँची राखेर देशद्रोहि हरुलाइ त्याग्नु पर्छ र देश निर्माण मा लाग्नु पर्छ। यो लेखकको निजी विचार हो । लेखक स् धन सिंह बिष्ट ठेगाना स् बेलडांडी १ कञ्चनपुर बिद्यार्थी स् रत्न राज्यलक्ष्मी क्याम्पस नेपाल ल क्याम्पस अध्यक्ष स् प्रगति एकता समाज
