दोधारा चाँदनीमा रास्वपाको सरसफाई कार्यक्रम, सरसफाई कार्यक्रमलाई निरन्तरता दिने


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगरपालिका वडा नं. ७ वडा समितिले सरसफाई तथा स्वास्थ्य जनचेतना कार्यक्रम आयोजना गरेको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बौद्ध नगर क्षेत्रमा सरसफाई तथा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी– ६ का वडा उपसभापती बिरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ् । ‘आफ्नो गाँउ आफै बनाउ’ नारा सहित सामाजिक उत्तरदायित्वका साथ सञ्चालन गरिएको कार्यक्रममा वडा समितिका सदस्यहरु स्थानीयवासीहरुको सहभागिता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी– ६ का वडा उपसभापती बिरेन्द्र भण्डारीले बताउनुभयो ।

कार्यक्रममा बुद्ध नगर क्षेत्र नगर क्षेत्रको पर्यटयिक क्षेत्र रहेको हुदा सबैले सरसफाईमा सहयोग गर्नु पर्ने राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनी– ६ का वडा उपसभापती बिरेन्द्र भण्डारीले बताउनुभएको छ् । स्थानीय बासिन्दाले पनि यस प्रकारका कार्यक्रमले सामाजिक चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरसफाई एक जनाले मात्र गरेर नहुने भएकाले सबैले आ–आफ्नो घर, गाँउ, टोल र समाजमा सरसफाइ गर्नुपर्ने बताए । आगामी दिनहरुमा वडागतरुपमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै जाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी– ७ का वडा सभापती दिल बहादुर सुनारले बताउनुभएको छ् ।

 


ताजा समाचार

spot_img