कञ्चनपुर : कञ्चनपुरका उद्योग, व्यवसायी, सहकारी, बैकरदेखिका सरोकारवालालाई अभिमुखिकरण गराईको छ । शिखर बिमा कम्पनीले कञ्चनपुर उद्योग वाणिज्य संघको सहकार्यमा बीमा सम्बन्धी अभिमुखिकरण गराएको हो ।

शुक्रबार सरोकारवालाका विभिन्न प्रतिनिधीहरुलाई बीमाका विषय अभिमुखिकरण गराएको जनाएको छ । शिखर बीमा कम्पनीका महाप्रबन्धक उदिप प्रकास काफ्ले बीमाका महत्व बारे जानकारी गराएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले बीमा बारे एकदिने अभिमुखिकरणले बीमा बारे थप जानकारी पाईएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला सहभागिता भएका थिए ।







