भीमदत्त नगरमा उपप्रमुख कार्यक्रम : गरिब दलितलाई खाद्यान्न वितरण


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका उपप्रमुख कार्यक्तम अन्र्तरगत गरिब दलितलाई खाद्यान्न वितरण गरिएको छ । गत विगतदेखि नै उपप्रमुख कार्यक्तम अन्र्तरगत गरिब दलितलाई खाद्यान्न वितरण गरिएको हो ।

उपप्रमुख सचिवालयका अनुसार भीमदत्त नगरका १,३,५,७,९,१०,१४,१८ का निवेदन प्राप्त भएका केही स्थानीयलाई वितरण गरिएको छ । भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले वास्तविक गरिब होकि होइन भन्ने जानकारी लिनका लागि पनि प्रत्यक्ष आफै फिल्डमा गएर बितरण गर्नु भएको छ ।

अतिगरिव दयनिय अवस्थामा भेटिएका केही बिपन्न परिवारका सदस्यलाई व्यक्तीगत रुपमा केही आर्थिक सहयोग पनि गर्नु भएको छ । उप प्रमुख लेखकले प्रत्यक बर्ष आफ्नो विशेष पहलमा बिपन्न हरुका लागि केही मात्रामा भए पनि राहत मिल्छ भन्ने उद्देश्यले यो कार्यक्रम राख्ने गरेको हो ।

वास्तविक बिपन्न गरिव ले यो सानो खाद्यान्न राहत पाउँदा आफुलाई एक दमै खुशी महसुस भएको बताउनु भएको छ किन भने वास्तविक पिडित ले राहत पाउदा मनमा आनन्द मिल्छ मनमा शान्ती मिल्छ दिनभरी दिन राम्रो बित्छ ।


ताजा समाचार

spot_img