कञ्चनपुरमा दिनप्रतिदिन सडक दुर्घटना बढ्दै ,स्कारपियो र अटो ठोक्किँदा मानवीय क्षति हुनबाट जोगियो

कञ्चनपुर ,

 कञ्चनपुरमा दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गएका छन्। मंगलबार आज स्कारपियो र अटो ठोक्किँदा दुर्घटना भएको हो।

दिउँसो जिल्लाको शुक्लाफाँटा नगरपालिका -११ अवस्थित कलुवापुरमा प्रदेश ३ ०१-०२३ च नम्बरको स्कारपियो र म १ ह ११४८ नम्बरको अटो ठोक्किएका हुन् । एक आपसमा ठक्करपछि सडक बाट स्कारपियो २५ फिट टाढा गएको र अटो भने सडकमै रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालय बताएको छ। सडक दुर्घटना हुँदा भने मानवीय क्षति हुनबाट भने जोगिएको छ। दुबै साधनलाई अहिले प्रहरीले आफ्नो नियन्त्रण लगेको छ।

सोमबार पुर्व पर्व-पश्चिम राजमार्ग कृष्णपुर – २ बाणीमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परि घाइते भएका उत्तम सिंह धानुकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका -१ बन्साहका ४० वर्षिय धानुकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राती २ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनकारी दिएको छ। सोमबार भाइटिकाको दिनमै वाणीमा म १ प ७८२३ र सुप प्र.०१ -००८ प २८९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए।

घाइते कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिर बहादुर बिष्ट र बन्साहका ४० वर्षीय उत्तम सिंह धानुक र वर्ष २१ कि सुनिता बिष्ट घाइते भएका थिए। घाइते प्रहरी सहायक निरीक्षक र महिला बिष्टको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

This will close in 10 seconds