सुदूरपश्चिम प्रदेश खेलकुद विकासमा अग्रसर हुदै मनकामना युवा क्लब

 धनगढी ,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड्-१९ कोरोना भाइरसको बाबजुद पनि सुदूरपश्चिम प्रदेशमा खेलकुद बिकासमा मनकामना युवा क्लब एकाएक अग्रसर बन्दै गएको छ।
आफ्नै खेलमैदानमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब ले शुभदिपावलीको पावन अवरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । महामारीको विषम परिस्थितिका विच पनि खेल प्रेमी दर्शेक तथा खेलाडीहरुको मनोबल बढाउँने उदेश्यले आज देखि भलिभल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष डबल थापाले बताउनु भो।
क्लबले कोरोना महामारीका विचमा पनि विभिन्न सामाजिक कार्य संगै खेलकुद प्रतियोगिताको आयोजना गदै आएको अध्यक्ष थापाले भने । उनका अनुसार ३ दिन सम्म संञ्चालन हुने भलिभल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद १५ हजार प्रमाणपत्र र दोस्रो हुने टिम लाई नगद १० हजार सहित प्रमाणपत्र हात पार्ने छन् ।
प्रतियोगिताको उद्धघाटन धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेश प्रसाद जोशीले गर्नु भएको थियो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष जोशीले वडामा हुने हरेक खेलकुदका गतिविधीमा सहयोग गदै आएको दावी गरे । उनले पछिल्लो समय धनगढीमा भलिभब प्रतिगिता नभईरहेको अवस्थामा मनकामना युवा क्लबले यसको आयोजना गरिरहदाँ यसले भलिभल खेलाडीमा थप उर्जा र हौसला मिल्ने बताए । उनले खेलकुदका माध्यम बाट समाजमा हुने विभिन्न विकृती तथा विसंगती पनि रोक्न सकिने दावी गरे ।
यसरी महामारीले थला परेको खेलकुद लाई एकाएक रूपमा अगाडी क्लबले आत्मसात गर्दै अगाडि बढाउनुका साथै प्रतियोगिताको आयोजना हुँदा खेलाडीमा एक छुट्टै किसिमको हौसला प्रधान मिल्नुका साथै उत्साहित बनेका छन् ।

ताजा समाचार

This will close in 10 seconds