चाडपर्वको मुखमा मध्यवर्तीका बन्य जन्तुबाट पिडितलाई राहत

हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावित भएकाहरुलाई राहात वितरण गरेको छ । राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने सहयोग समितिमार्फत वितरण गरिने प्राबधान अनुसार शुक्रवार वन्यजन्तुहरुबाट पिडित भएका दश जनालाई नगर राशि प्रति व्यक्ति १० हजारका दरले हस्तान्तरण गरिएको मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम वहादुर सिंहले जानकारी दिनुभएको छ ।

चाँडपर्वको मूखमै राहात पाउँदा स्थानिय वन्यजन्तुबाट पिडित भएकाहरुलाई थोरै भएपनि राहात पुगेको उनीहरुले प्रतिक्रिया दिएका छन् । महाकाली नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष कमलापती भट्ट र वार्ड नम्बर ४ का अध्यक्ष भक्तवाहादुर सुनारको अतिथ्यतामा राहात वितरण कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष सिंहले वन्यजन्तुबाट मध्यवर्ती क्षेत्रका नागरिकहरु निकै पिडा रहने गरेको र त्यसको दिर्घकालीन समाधान खोजिनुपर्ने वताए ।

ताजा समाचार