कञ्चनपुर । रोग र भोगको समस्यामा पिल्सीएका दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका राजु परियारलाई मनकारी सामाजसेवी तथा उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य भिम कुमालले खाद्यान्न सहयोग गर्नुभएको छ् । बिगत लामो समय देखि अपांग भएर खानाको समस्यामा रहेका राजु परियारलाई सामाजसेवी भिम कुमालले एक बोरा चामल, एक केजी खाने तेल, एक किलो दाल, चिनी, साबुन लगाएत सामग्री उपलब्ध गराउनुभएको छ् ।

जग्गा विहिन अवस्थामा रहेको अपांगता भएका राजु परियारलाई एक छाक खानाको समस्या परेको अवस्थामा आफुले थोरै भएपनि खाद्यान्न सहयोग गरेको भिम कुमालले बताउनुभयो । बिगत एक दशक देखि दोधारा चाँदनी नगर क्षेत्रमा दुखी, पिडितहरुको पिडामा मलमह लगाउदै आएका सामाजसेवी भिम कुमालले आगामी दिनहरुमा राजु परियारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित उहाँको पिडामा सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ् ।











