दोधारा चाँदनीमा लागुऔषध दुव्र्यसनी र मानव बेचबिखन बिरुद्ध सचेतनामुलक


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लागु औषध दुव्र्यसनी र मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र वैष्णवी मिडिया प्रालिको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ७ आदर्श पव्लिक स्कुलमा लागु औषध दुव्र्यसनी र मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा गैरसरकारी महासंघ कञ्चनपुरका संयोजक अमिर तिरुवाले सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएकोमा बताउनुभयो ।

समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग र मानव बेचबिखन गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नु पर्ने बेला भएको उहाँले बताउनुभएको छ् । वैष्णवी मिडिया प्रालिका दोधारा चाँदनी सञ्चालक तथा पत्रकार पप्पु गुरुङ्गको सभापतित्वमा सञ्चालन भएको सचेतनामुलक कार्यक्रममा नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द मल्ल तथा आदर्श पव्लिक स्कुलका शिक्षक तथा बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img