क्यामेरा ट्रयापिङको सहायतामा वन्यजन्तु चोरी सिकार गर्ने एक जना पक्राउ

कृष्णपुर

वन्यजन्तु गणना गर्नका निमित्त राखिएको क्यामेरा ट्रयापिङको सहायतामा वन्यजन्तु चोरी सिकार गर्ने एक जना पक्राउ परेका छन् । गत जेठमा बन्यजन्तु सिकार गर्न पासो बनाई थापिएको जाल फेला परेपछि अनुसन्धान गर्दै जाँदा कृष्णपुर ७ कलुवापुरका एक जना ४५ वर्षीय युवकको संलग्नता रहेको पत्ता लागेसँगै उनलाई शनिवार विहान पक्राउ गरिएको हो ।
सब डिभिजन वन कार्यालय पिपरिया, कलुवापुरका सहायक वन अधिकृत बालमुकन्द भट्टको नेतृत्वमा डिभिजन वन र सशस्त्र वन सुरक्षा शाखा कंचनपुर तथा सुरक्षा शाखा वांडी कष्णपुरको संयुक्त टोली लामो सोधखोज र अनुसन्धान पश्चात उनी प्रक्राउ परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिनुभयो ।

भिडीयो क्यामेरामा कैद भएको फुटेजका आधारमा ती व्यक्ति पत्ता लागेको र उनलाई अहिले जिल्ला वन कार्यालयमा राखेर थप अनुसन्धान भैरहेको छ । राष्ट्रिय वन ऐन २०२९ र वन्यजन्तु चोरी सिकार ऐन २०२९ अन्तर्गत २० हजार जरिवान तथा ६ महिना कैदको प्रावधान रहेको र त्यसै अनुसार कानुनी कारवाही अगाडी बढाईने वन डिभिजन कार्यालयले जनाएको छ ।
बन्दा बन्दीको समय पारी जंगली जनावरको चोरी सिकार गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ । डिभिजन वन का सूचना अधिकारी तथा रेन्जर अवस्थीले रातिको समयमा गस्ती गर्ने गरिएको र ६ वटा सब डिभिजन कार्यालयका टोली निरन्तर रुपमा चोरी सिकार नियन्त्रणमा अहोरात्र खटिएर काम गर्दै आएता पनि चोरी सिकार गर्नेमा भने कमी आउँन अझै नसकेको वताएका छन

ताजा समाचार