सुदूरपश्चिममा अट्वारी पर्वको अवसरमा भोली सार्वजनिक बिदा

कञ्चनपुर

सुदूरपश्चिम सरकारले भदौ ७ गते अर्थात भोली सार्वजनिक बिदा दिएको छ। थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा भोली एक दिन सार्वजनिक विदा दिइएको हो ।

२०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक भईसकेको बताउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले भदौ ७ गते थारु समुदायको ‘अटवारी पर्व’ को बिदा दिइएको बताए। उनका अनुसार प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा हुनेछ। अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव कायम गर्ने पर्वका रुपमा मनाइन्छ।

२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।

ताजा समाचार

This will close in 10 seconds