गरिबको पीडा – ‘रोग भन्दा पहिला भोकले मरिने भो’

 दोधारा 

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन पछि माहाकाली नगरपालिका–६ का पुजा बादीको घरमा चुल्हो जल्न धौं धौं छ् । पुजालाई आफन्तले चामल, नुन तेल पैचो केही दिन सम्म दिए । पैचो चामलबाट उनले जहान परिवार पालिन । माहाकाली नगरपालिका कार्यालयले २ पटक, वडा अध्यक्षले १ पटक र सामाजसेवी भिम कुमालले १ पटक दिएको राहतले केही दिन सम्म उनको परिवारको छाक टर्यो । भारतमा ज्यालादारी गर्न गएको उनका श्रीमान बिनोद बादी कोरोना भाइरसको कारणले रित्तो हात घर फर्कनु पर्यो ।

श्रीमानले काम खोज्दा नपाएपछि घरमा चुल्हो जलाउन उनलाई समस्या पर्दै आएको छ् । कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेपछि माहाकाली नगरपालिकाका अन्य व्याक्तिले पनि पुजाको जस्तै पिडा भोग्नु पर्दै आएको छ् । ‘जहान परिवार पाल्न दतिल बस्तीले पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए । केटा केटीलाई मात्र खान दिएर कहिल्यै आधी छाक बस्यौं’ बादी बस्तीका पुजा बादीले भने । काम गरेर पैसा आउने हो । काम नहुदा कसरी पैसा हुन्छ ? उनले गुनासो पोखे । भारतमा रहेका श्रीमानले लकडाउनको कारण पैसा नपठाएपछि घरमा खानाको समस्या खेप्दै आएको सपना बादीको भनाई रहेको छ् । दिनभरी गा“उ बस्ती चाहारेर संकलन गरेको अन्नले बिहान बेलुकाको छाक टार्न समस्या पर्दै आएको सपनाको भनाई रहेको छ् । फेरी राहत आउछ भनेको नगरपालिकाका प्रतिको आश अझै मरेको छैन् । माहाकाली नगरपालिकाले २ पटक दिएको र दाताले दिएको राहत सक्कीएर घरमा चुल्हो जलाउन समस्या परेपछि बस्तीमा चाहारेर माग्नको विकल्प नभएको सपना बादीको भनाई रहेको छ् ।

‘यस्तै हो भने, रोक भन्दा पहिला भोकले मरिने भो’ । हामी गरिवलाई महिनौं दिनसम्म यति पिडा र दुःख पर्दा पनि स्थानीय सरकारले नहेरेको गुनासो गरे । जुनसुकै व्यक्तिले पनि हुने खाने र पहुच भएकालाई सहयोग गर्ने हुन । हामी गरिबको छौ । हाम्रो सरकार भएको भए त हाम्रा दुःख पिडा बुझेर राहत दिदो हो त ।’ उनले भने, ‘खोई कहा“ छ हाम्रो सरकार ?’ सरकारले घरबाट बाहिर नआउनु रोग लाग्छ भनेर हामीले घरमै बस्यौं । तर रोग भन्दा छिटो हाम्रो बस्तीमा भोक आई पुग्यो, सपना बादीले बताए । लकडाउन संगै गा“उ घरमा विकास निर्माणका काम बन्द हुदा सबै भन्दा पहिला आफ्नो समुदायलाई छाक टार्न समस्या परेका अर्का स्थानिय बिरमता दमाईले बताए । भारतमा कमाएर गुजारा चलाउदै आएका बिरमता दमाईको श्रीमान घर फर्केपछि गा“उ घरमा ज्याला मजुरी गर्न समेत काम नपाएको हुदा घरमा अनिकाल छाएको बिरमता दमाईले रुदै भनिन् । ‘काम नगरी कसले खान दिन्छ् । घरमा एक छाक अन्न छैन, काम गरौं भने सबै बन्द छ् । कसरी जहान परिवार पाल्ने, सक्नुहुन्छ भने, सरकारलाई छिटो चामल पठाईदिनु भन्नुहोला’ माहाकाली नगरपालिका वडा नं. ६ का बिरमता दमाईले दुख पोखिन् । तर पनि सरकारले लगाएको लकडाउनलाई आफ्नो समुदायले घरमै बसेर सहयोग गरेको उनीहरु बताउछन । ‘हामीले त सरकारलाई भोकै बसेर पनि कुरा मान्यौ, सरकारले हामीलाई कहिले सहयोग गर्ने हो ।

घरमा चुल्हो जलाउन हैरान छ,’ बिरमता दमाईले दुखेसो पोखे । कतै काममा जाउ भन्दा पुरै कामनै पाईन्न् । घर जहान परिवारलाई पैसा कमाउन भारत गएका श्रीमान रित्तो हात घर फर्केका छन् । दलित बस्तीहरु दोहोरो चिन्तामा छन् । एकातिर आफन्तहरु कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमेर कामको खोजीमा बरालिएका छन् भने अर्को तिर के खाने भन्ने चिन्ता छ । माहाकाली नगरपालिकाले छिटो भन्दा छिटो फेरी राहत वितरण संगै रोजगारीको ब्यवस्था गर्नुपर्ने उनिहरुको भनाई छ । माहकाली नगरपालिका वडा नं. ५ का भिम बहादुर सुनार अर्थात सोताल जेठा पनि गरिबी त्यसैमा लकडाउन पिडाले गा“उ बस्तीमा चाहारेर मागी खान समेत समस्या परेको छ् । केरा घारीको अनकन्टार झा“डीमा उनको एक झुपडी छ् । सहनै नसकिने पिडामा बस्दै आएका सोताल जेठाको एक मात्र सहारा भनेको बृद्ध भत्ता रकम मात्रै हो । रातीको समयमा पानी परेपछि उनको पुरै ओछ्याउन समेत निथ्रुक्क भिजाउछ् । देशमा गणतन्त्र पछि घर घरमा सिंह दरबार आएको भनिएता पनि सोताल जेठाको झुपडीलाई कसैले हेर्ने चेष्टा समेत गरेनन् । पिडामा रहेको सोताल जेठालाई लकडाउनले पर्नु पिर परेको छ् । लकडाउनको कारण खानाको समस्यामा पर्दै आएका माहाकाली नगरपालिकाका बस्तीका दलित समुदायले सरकारको खोजी गर्न थालेका छन् । ज्यालामजदुरी गरेर जीवन धान्दै आएका दलित समुदायले चुल्हो जलाउन धौं धौं पर्दै आएको अवस्थामा सरकारको खोजी गर्न थालेका हुन् ।

ताजा समाचार