महाकाली नदीमा तैरिएको अवस्थामा शव भेटियो

महाकाली नदीमा बग्दै आईरहेको अवस्थामा शव भेटिएको छ । शुक्रवार दिउसो ३ बजे कंचनपुर जिल्लाको भीमदत्तनगर पालिका १२ भुजेलाघाट नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

महाकाली नदीमा तैरिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक अमर वहादुर थापाले वताए। जिल्ला प्रहरी कार्यालय कंचनपुरले शव बारे थप अनुसन्धान भैरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

ताजा समाचार