घाईते पशुको उपचार गर्दै नेवि संघ

सुवर्ण प्रशाद जोशी/भीमदत्त

स्थानीय सरकारले छाडा पशु चौपायाका नाममा करोडौँ स्वाहाँ पारेपछि राजमार्ग क्षेत्रमा छाडा पशु चौपायाको बेहाल भएको भन्दै काँग्रेस निकट विद्यार्थी संगठनले घाईते छाडा पशु चौपायाको उपचारमा खटिएका छन् । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका क्षेत्रमा अलपत्र परेका घाईते पशु चौपायाको निःशुल्क उपचार गर्ने जनाएको छ ।

नेवि संघ नेता दिपेश पन्तले स्थानीय सरकारले छाडा पशु चौपाया व्यवस्थापन गर्छु भनेर करोडौँ रकम स्वाहा गरेपनि उचित व्यवस्थापन नभएको भन्दै घाईते पशु चौपायाको उपचार गरिरहेको बताए । मंगलबार भेटिनरीका प्राविधिक सहितको टोलीले भीमदत्त नगरपालिका ६ ऐठपुर क्षेत्रबाट उपचार शुरु गरिएको नेता पन्तले बताए । ‘भीमदत्त नगरपालिकादेखि कृष्णपुर नगरपालिकासम्म घाईते पशु चौपायाको उपचार गछौँ, ‘उनले भने, ‘स्थानीय सरकार लाचार भएपछि हामीले के न केही गर्नुपर्छ भनेर जुटेका छौँ ।’ नेता पन्तका अनुसार नेपाली काँग्रेस भीमदत्त नगरपालिका नगर सभापति पदम राज अवस्थी, सचिव उमेश राज जोशीको पहलमा काँग्रेस केन्द्रीय सदस्य एव पुर्वमन्त्री रमेश लेखकले सेनिटाईज, ग्लोब्स र मास्क उपलब्ध गराएको बताए ।

नेवि संघ नेता पन्तले छाडा पशु चौपाया व्यवस्थापनका नाममा लुटमच्चाएको आरोप लगाए । घाईते छाडा पशु चौपाया उपचारमा स्वयम नेवि संघ नेता पन्त, काँग्रेस नेता उमेश जोशी, नेवि संघका युवा हरिस पनेरु, विष्णू प्रशाद पनेरु, योगश पनेरु लगायत थिए । कञ्चनपुरका चर्चित अर्का नेवि संघ नेता पारमणी जोशीले छाडा पशु चौपायाका नाममा स्थानीय तहका केही जनप्रतिनिधीले कमाउने धन्दा मनाएर सयौँ पशु चौपायमा जंगलमा मरेर कंगाल मात्र भेटिएको, राजमार्ग क्षेत्रम अझैपनि छाडा पशु चौपाया हुनु, किसानलाई सताउनु आदि ईत्यादी समस्या विद्यमान हुँदा पनि स्थानीय सरकारको वेवास्ता उदाधिशनता भएको पटक पटक समाजिक संजाल मार्फत स्टाटस लेखिरहेका छन् । नेवि संघ नेता जोशीको करोडौँ खर्चिदा समेत छाडा पशु चौपाया सडकमै र दुर्घटना निम्तिएको गुनासो पोख्दै दाम अनुसार व्यवस्थापनको आवाज उठाउँदै आएका छन् । कञ्चनपुरका स्थानीय तहले केही बिरोधी समुहले अनावश्यक राजनीतिक गरेर छाडा पशु चौपाया व्यवस्थापन भएन भनेर कराई बिरोध गरिरहेको बताउँदै छाडा पशु चौपाया व्यवस्थापन भएको दावि गरिरहेका छन् ।

ताजा समाचार

This will close in 10 seconds