दोधारा चाँदनीको सिमा क्षेत्रमा तस्करको योजना तुहाउदै सशस्त्र प्रहरी

पप्पु गुरुङ्ग, दोधारा 

सिमावर्ती भारतिय बजार देखी विभिन्न व्यवसायी समान तस्करी गरेर नेपाल ल्याईरहेको अवस्था माहाकाली नगरपालिका स्थित रहेको सशस्त्र प्रहरीले बरामद गर्न थालेपछि तस्करको योजना तुहिदै आएको छ् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको बेला प्रखर देखिएका सशस्त्र प्रहरीले सिमा क्षेत्रमा अबैधरुपमा हुदै आएको तस्करी नियन्त्रण तथा रोकथाममा समेत भरपर्दो कार्य गर्दै आएको छ् । माहाकाली नगरपालिका संग जोडिएको झण्डै ३२ किलो मिटर नेपाल–भारत सिमा क्षेत्रमा तस्करहरुको योजना तुहाउने काममा सशस्त्र प्रहरी कटिबद्ध देखिएको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले कमाण्ड सम्हालेपछि माहाकाली नगरको नेपाल–भारत सिमा क्षेत्रमा शान्ती छाएको एकथरीको भनाई रहेको छ् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण देखि सिमा सुरक्षा तथा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले राम्रो कमाण्ड सम्हालेको बताईएको छ् । मंगलबार अपरान्ह माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर नजिक नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीले झण्डै एक लाख बराबरको भारतबाट नेपाल ल्याउदै गरेको हरियो तरकारी, माछा तथा कुखुरा बरामद गरेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा गएको गस्ती टोलीले भारतबाट अबैध तरिकाले ल्याउदै गरेको रु. एक लाख बराबरको हरियो तरकारी, माछा तथा कुखुरा बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीले जनाएको छ् । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु मोटरसाईकलबाट समान फालेर फरार भएका थिए । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी अनुसार सुराकीको आधारमा हरियो तरकारी, माछा तथा कुखुरा बरामद गरेको बताएका छन् ।

मरेको अवस्थामा कुखुरा र कुहिएको अवस्थामा रहेको पंकज माछा रहेको बताईएको छ् । बिगतका दिनहरु देखि भारतबाट ल्याएका तरकारीमा उच्च मात्रामा बिषादी प्रयोग हुने गरेको भन्दै सरोकारवालाले भारतबाट आयात गरिएका तरकारी नखान आग्रह गर्दै आएका हुन् । बरामद अबैध समानलाई माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशी, माहाकाली नगरपालिका पशु शाखाका प्रमुख कृष्ण सिंह साँउद, कृषी शाखा माहाकालीका प्रमुख कमलपती भट्ट लगाएत स्थानिय, पत्रकारको रोहवरमा बरामद हरियो तरकारी, माछा तथा कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा बिओपी बृद्धि संगै सशस्त्र प्रहरीले ठाँउका ठाँउ तस्करका योजना तुहाईरहेका छन् । सशस्त्र प्रहरीले सकृयता बढाएका कारण तस्कर नियन्त्रणमा आईरहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले बताएका छन् । ‘विगतका दिनमा केही सशस्त्र प्रहरीकै अधिकारीले तस्करबाट लाईन खाएर छाड्थे, ‘एक स्थानियले भने, ‘अहिले सशस्त्र प्रहरीले भातरबाट गैर कानुनी रुपमा सुई पनि ल्याउन प्रतिबन्ध गर्ने प्रयास भईरहेको छ् ।’ उस्तै पनि लकडाउनका कारण देशको अर्थतन्त्र धरासायी बनिरहेका बेला तस्करहरुले समान ल्याउन थालेपछि राजस्व चुहावट हुने स्थानीयको भनाई छ । सशस्त्रले सिमा क्षेत्र कडा संग तस्करहरुको योजना फेल गर्न थालेपछि माहाकाली नगरपालिकाबासी सशस्त्र प्रहरीको कार्य प्रति हर्षित भएका छन् । स्थानीयले यस्तै गरि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्कर नियन्त्रण गर्दै शुसासन कायम गर्नु पर्ने बताउदै आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds