चार दिनदेखि हराएका युवक उखुबारीमा मृतफेला

लाल ब. एसके / कञ्चनपुर

चारदिनदेखि हराएका कञ्चनपुरको लालझाडी गाउँपालिका एक युवक मृत फेला परेका छन् । लालझाडी गाउँपालिका ६ चाँन्देवका ५० बर्षिया युवक टीकाराम चौधरी उखुबारीमा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण बहादुर चन्दले रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताए । उनका अनुसार आत्महत्या वा हत्या बारे अनुसन्धान भईरहेको छ । घर परिवारले समेत घटना रहस्यमयी भएकाले घटनाको सुक्ष्म अनुसन्धान गरि दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

ताजा समाचार