वडा शिल गरेकै दिन मोटरसाइकल चोरी

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा न.१३ मा कोरोनाको जोखिम बढ्दै गएको हुनाले वडा नै शिल गरेकै दिन मोटरसाइकल चोरी भएको छ। बैजनाथ टोल हात्तीसार प्रवेशद्वार नजिकै रहेको दल बहादुर साउद को गोठको बरण्डामा राखेको सुपर स्पीलिन्ड म २ प ५०६७ नम्बरको मोटरसाइकल मध्यराती १२:३० बजेको बीचको समयमा चोरी भएको बैजनाथ टोल बिकास संस्थाका सचिव महेश दत्त भट्टले बताएका छन् ।

स्थानीय युवाहरू लागुपदार्थ दुर्ब्यवसनी जन्य कुलतमा सक्रिय रहेकोले उनिहरुकै संलग्नतामा चोरी भएको आशंका गरिए पनि चोर भने पत्ता लाग्न सकेको छैन् । संस्थाका सचिव भट्टले बताए। प्रहरी प्रशासनमा जानकारी गराई खोजी कार्य चलीरहेको भए पनि चोर पत्ता लगाउन सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दिन साउद ले अनुरोध गरेका छन । उक्त क्षेत्रमा पहिलेको तुलनामा चोरीका घटनाहरु दिनप्रतिदिन बढ्न थालेपछि स्थानीयहरु चिन्तित बनेका छन । निरन्तर एका एक कहिले नल्काको मोटर त कहिले घरमा राखेकै साइकल चोरी हुने गरेको र अब भएन भने घर भित्रकै मोटरसाइकल समेत चोरी हुन थालेपछि चोरहरु सधैं सक्रिय हुँदै गएका छन भने सम्बन्धित निकाय ,प्रहरी प्रशासन निष्क्रिय बन्न पुगेको स्थानीयको गुनासो रहेको छ। भि.न.पा.१३ मा कोरोना संक्रमणका घटना एका-एक बढेपछि वडामा अति आवश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेको २४ घन्टा नबित्दै मोटरसाइकल चोरी भएको हो ।

साथै वडा कार्यालयको कागजी सूचनामा शिल भनिए पनि सूचनाको ब्यवहारिक कार्यान्वयन नभएको र विषम परिस्थितिको समयमा स्थानीय प्रशासन देखि लिएर सुरक्षाको जिम्मेवारी पाएको प्रहरी प्रशासन नै एका-एक मन बसेको मौका छोपी जताततै चोरी डकैती ,हत्याका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको स्थानियहरुको भनाइ रहेको छ।

ताजा समाचार

This will close in 10 seconds