सुदूरपश्चिम प्रदेशमा सोमवार सार्वजनिक विदा

कञ्चनपुर 

सुदूरपश्चिम प्रदेशमा जनैपुर्णिमा तथा रक्षा बन्धनको अवसरमा सोमवार सार्वजनिक विदा दिइएको छ ।

परम्परा अनुसार हिन्दुहरुको महत्वपूर्ण पर्व जनैपुर्णिमा तथा रक्षा बन्धनको दिन विगतमा झैं यस वर्ष पनि विदा दिइएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ ।

हिन्दुहरुको महत्वपूर्ण पर्वको दिन प्रदेशभरका सबै स्थानीय तह, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा हुने भएको छ।

ताजा समाचार