संक्रमण बढ्दै गएपछि भीमदत्त १३ एक साताका लागि सिल

प्रेम राज भट्ट / कंचनपुर
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि शनिवार राति १२ बजेदेखि १ एक साताका लागि कंचनपुरको भीमदत्तनगर वडा नं.१३ लाई सिल गरिएको छ । कोरोना संकक्रमतिको संख्या दिन प्रति दिन बढ्दै गएपछि समुदायमा संक्रमण फैलिन नदिन वडा कार्यालयका सम्पूर्ण सेवा, व्यापार व्यवसाय एक साताका लागि पूर्णतः रुपमा बन्द गरिएको हो । वडा अध्यक्ष लालबहादुर शाहिले वडामा संक्रमणको जोखिम देखिएकोले समुदाय स्तरमा संक्रमण फैलिन नदिन वडा कार्यालयले एक साताका लागि सिल गर्ने निर्णय गरेको वताए । उनले भने, ‘अत्यावश्यक कार्य बाहेक वडाका सबै क्षेत्रहरु बन्द गर्न आग्रह गरेका छौं ।’

सो वडामा शुक्रवार एकै दिन ६ जना संक्रमित देखिएपछि स्थानीय त्रसित भएका छन् । कोरोनाको परीक्षणको दायरा नबढाईएको, विदेशबाट आएकाहरुलाई क्वारिन्टाईनमा १० दिन नपुग्दै घर पठाएको, घरमा होम क्वारेन्टिनको अवस्था जाँचबुझ नगरि घर पठाएको लगायतका स्थानिय सरकार तथा प्रहरी प्रशासनको कमीकजोरीका कारणहरुले गर्दा संक्रमण बढिरहेको स्थानियहरुको भनाई रहेको छ । स्थानिय कलक बहादुर सिंहले स्थानिय सरकार, प्रदेश र संघ सरकारको गैर जिम्मेवारीपनका कारण संक्रमण बढ्दै गएका कारण यसको परिमाणको जिम्मेवारी पनि राज्य संंयन्त्र लिनुपर्ने वताए ।
यस्तै, अर्का स्थानियबासी कल्पना सिंहले स्थानीय सरकार र प्रहरीको लापरवाहीका कारण समुदायमा कारोनाको खतरा बढेको र यसको जिम्मा सरकारले लिनुपर्ने वताईन् । उनले जीवनलाई जोखिममा पर्ने अवस्थामा क्वारिन्टीनमा बसेकालाई १४ दिन नपुग्दै घरमा पठाउदाँ जोखिम झन बढेको वताईन् ।

यद्यपि, वडा अध्यक्ष शाहिले ‘‘संक्रमितहरुलाई होम क्वारिन्टीनमा बस्ने सर्तमा छोडेका हौं, यदि कहिकतैबाट कमीकजोरी भएको छ भने कानुनी दायरामा ल्याउछौँ ।’’ उनले भने । उनले संक्रमण फैलाउने जो कोहि लाई संक्रामक ऐन २०२० बमोजिम कानूनी कारवाहि गर्न प्रशासन सँग अनुरोध गरिसकेको वताए । यस्तै, भी न पा १७ मा वडा कार्यालयले गर्ने सम्पूर्ण सेवाहरु एक साताका लागि आइतवार देखि २५ गतेसम्म बन्द गरिने भएको छ । वडा कार्यालयले सूचना जारी गर्दै सम्पूर्ण नागरिकलाई स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै वडावासीलाई सचेत र सर्तकता अपनाउन अपिल गरेको छ । सिलको अवज्ञा गरे कानून बमोजिम कारवाही हुने भएकाले विना काम घुमाघाम गर्ने, भीडभाड गर्ने तथा संक्रमणलाई प्रशय दिने गतिविधि नगर्न अनुरोध गरेक%8

ताजा समाचार

This will close in 10 seconds