मिडिया मञ्च नेपाल कञ्चनपुरको अध्यक्षमा पुन : आग्री

मिडिया मञ्च नेपाल कञ्चनपुरको अध्यक्षमा पुन : दिवान सिह आग्री चयन भएका छन्. । मिडिया मञ्च नेपाल कञ्चनपुरको आईतबार महेन्द्रनगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट पुनः अध्यक्षमा आग्री चयन भएका हुन् ।

बरिष्ठ उपाध्यक्ष पदम राज बोहरा, उपाध्यक्ष धुव्रराज अवस्थी, महासचिव अम्बादत्त तिवारी, सचिव डम्बर भण्डारी, सह सचिव लोकराज भट्ट कोषध्यक्षमा ऐश्वर्य कुँवर चयन भएका छन् । सदस्य तर्फ ललित सिह खत्री, प्रशान्त आग्री, धन ब. बोहरा, पहिलाद राना, विपना चौधरी, टेकराज भट्ट, उत्तम भट्ट चयन भएका छन् ।

सल्लाहकार तर्फ विष्णू अवस्थी, लक्ष्मण तिवारी, हरि प्रशाद जोशी, बलदेव अवस्थी, चित्राङ्ग थापा रनी विवस रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थीले व्यवसायिक पत्रकारिता गर्दै नागरिकलाई सत्यतथ्य सुचना प्रवाहमा जोडदिए । मिडिया मञ्च नेपालको अध्यक्षमा दोहोरिएका अध्यक्ष दिवान सिह आग्रीले पत्रकारिता क्षेत्रको विकासमा जोडदिए ।

ताजा समाचार