भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल

कृष्ण सिह साउद /कञ्चनपुर
दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल गरिएको छ । वडाध्यक्ष लाल बहादुर शाहीले संक्रमितको संख्या बृद्धि भएपछि वडामा रहेका सबै टोलका अगुवा, सर्वदलिय, पक्षीय छलफल गरेपछि एक साताका वडा शिल गर्ने निर्णय गरेको हो ।
होम क्वारेन्टाईन वस्ने भन्दै घर गएका घरवाट समुदायमा समेत घुमफेर गरेको पाईएपछि कोरोना समुदायमा फैलीने भन्दै वडा शिल गरिएको अध्यक्ष शाहीले बताए । कोरोना पोजेटिभहरुको सम्पर्कमा आएकाहरुको खोजी भै रहेको र तिनीहरुलाई कोरेन्टाइनमा राखिने अध्यक्ष शाहीले वताउनु भएको छ । सो वडामा मात्रै ८ जनामा कोरोना देखिएको छ, ति सबै भारतबाट आएका हुन् ।

ताजा समाचार