मदिरा र यौन दुराचारमा फसेको आरोपमा विप्लवले बैतडीका शिक्षकलाई मोसोदले

बैतडी

नेपाल कम्युनिष्ट पार्टी बैतडीले एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई मदिरा र यौन दुराचारमा फसेको आरोपमा मोसोदलेको छ । नेकपा बैतडीले एक प्रेस विज्ञप्ती जारी गर्दै पुचौडी नगरपालिका ३ न्वादेउको भवानी माविमा राजेन्द्र बोहरालाई मोसो दलेको जनाएकोछ ।

नेकपा बैतडीका सचिव परिर्वतन र इन्चार्ज किरणद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा मदिरा सेवन गरेर आफ्नै विद्यार्थीमाथि यौन शोषण गरेको भन्दै जन कार्बाही स्वरुप मोसो दलिएको जनाएको छ ।

ताजा समाचार