दोधारा चाँदनीमा बिपद् प्रतिकार्यका लागी सामुदायिक पहल तालिम

पप्पु गुरुङ्ग, दोधारा

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको माथिल्लो भवनमा कोही रस्सी ल्याउन हतारो छ । कोही लाईफ ज्याकेट लगाउदै छन् । केही प्राथमिक उपचारको सामग्री लिन हतारो गर्दै, कोही स्टेचरमा घाईते बोक्न । सबै दौडा दोडमा छन् । घाईतेलाई प्राथमिक उपचारको लागी केही ब्यक्ती खटिएका छन् । सबै पसिनाले निथ्रक्क भिगेका छन् । सबै हतार हतारमै छन् । ‘चाडो–चाडो’ सबैको मुखमा एउटै आवाज छ् ।

प्राथमिक स्वास्थ्य केन्द्रको माथिल्लो भवनको छतमा यस्तो क्रियाकलापले सबै स्थानिय हे¥या हे¥यै रहे । यो थियो – माहाकाली नगरपालिकामा बिपद् प्रतिकार्यका लागी सामुदायिक पहल ४ दिने तालिम । माहाकाली नगरपालिका कार्यालय, युनिसेफ र निड्स नेपाल कञ्चनपुरको सहकार्यमा संचालन भएको यो तालिममा हेरे स्थानियहरु छक्क परे । बिहिवार देखि संचालन भएको बिपद् प्रतिकार्यका लागी सामुदायिक पहल ४ दिने तालिमको क्रममा माहाकाली नगरपालिकाका स्थानियहरुलाई बिपद्बाट कसरी जोगाउने भन्ने अभ्यास गरिएको थियो । माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले तालिमको उद्घघाटन गर्दै माहाकाली नगर क्षेत्रमा बाढी तथा डुवानले सबै भन्दा बढी जनधनको क्षति पु¥याउने गरेकाले यस किसिमका तालिमले क्षति न्युनिकरण गर्न सहयोग पुग्ने भन्दै तालिममा सैद्धान्तिक भन्दा पनि प्रयोगात्मकमा ध्यान आग्रह गरे ।

उद्धारको व्यक्तिगत सुरक्षा र उद्धारको आवश्यक पर्ने सामग्रीको लागि आफूले सहयोग गर्ने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले प्रतिबद्धता समेत जाहेर गरेका छन् । बाढीमा फसेका तथा नदीमा डुब्दै गरेकाहरुको उद्धार कसरी गर्ने ? नदीमा डोरी सहित हाम फालेर नदीमा भेलमा बगिरहेको उद्धार गर्नु, एक साथ कैयौं गा“उलेले गुहार माग्दा लाईफ ज्याकेटको सहयोगले उद्धार गर्नु र तत्काल मेडिकल टिमले प्राथमिक उपचार गरेको अध्यासहरु गरिएको छ् । स्थानियहरुले उद्धार अभ्यास कला देखेर प्रशंसा गरेका छन् । बाढीको भेलमा बगिरहेकालाई आफ्नो ज्यानको परवाह नगरी उद्धार गरेको दृश्य निकै मार्मिक रह्यो । विपद्को बेला उद्धार कार्य गर्ने जनशक्ति तयार गर्न तालिम संचालन गरिएको निड्स कञ्चनपुरका बाढी पुर्व तयारी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताएका छन् । माहाकाली नगरपालिका कार्यालय, निड्स नेपाल कञ्चनपुर र युनिसेफको सहकार्यमा ४ दिन सम्म संचालन भईरहेको बिपद् प्रतिकार्यका लागी सामुदायिक पहल तालिममा माहाकाली नगरपालिकाका २४ जना स्थानियहरुको सहभागिता रहेको थियो । सामाजिक दुरी कायम गर्दै सुरक्षा उपाय अपनाउदै गरिएको तालिमका प्रशिक्षक नेपाल रेडक्रस सोसाईटीका लक्ष्मण दत्त भट्ट सहित ६ जनाको टोली रहेका छन् ।

मनसुन समेत सक्रिय रहेको र कुनै पनि बेला बिपद्को अवस्था आउन सक्ने भएकाले सवै पक्ष तयारी अवस्थामा रहन बिभिन्न समिति तथा उपसमिति गठन गर्ने कार्य अघि बढाईएको निड्स कञ्चनपुरका बाढी पुर्व तयारी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताएका छन् । माहाकाली नगरपालिकामा खोज तथा उद्धार, शिक्षा, स्वास्थ्य, खानेपानी, कुषी, सुचना समन्वय र संरक्षक समिति गठन कार्य सम्पन्न गरिएको छ् । माहाकाली नगरपालिकाको वडा नं. १, ३, ९ र १० वडाहरु बाढीको उच्च जोखिम क्षेत्रमा मानविय तथा भौतिक क्षति हुन नदिन पूर्व सावधानी अपनाउन गठित समिति तथा समुदायमा तालिम संचालन गरिएको हो । यसै गरी बिपद्का समयमा चाहिने अति आवश्यक उद्धारका सामाग्रीहरुको ब्यवस्था तथा सो कार्यका लागि निड्स कञ्चनपुर, युनिसेफ र माहाकाली नगरपालिकाको सहकार्यमा गरिएको छ् । जगबुडा नदी र महाकाली नदीको कारण नदीमा बाढीको कारण माहाकाली नगर क्षेत्रका बिभिन्न वडा डुवान तथा कटानको समस्या झेल्दै आएका छन् । त्यस्तै गरि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारमा लागि हाल सम्म अवलम्बन गरिएका कार्यहरुलाई निरन्तरता दिई स्वास्थ्यको मापदण्ड अनुसार थप सर्तकता अपनाउने लगाएतका कार्यक्रमहरु समाबेस गरिएको निड्स कञ्चनपुरका बाढी पुर्व तयारी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds