बेलौरीमा बृद्ध दाम्पत्तीमाथि साँघात्मिक हमला बृद्धाको विभत्स हत्या, बृद्ध शक्त घाईते छोरा र उनका साथी प्रहरी नियन्त्रणमा

लाल ब. एसके / कञ्चनपुर
कञ्चनपुरको बेलौरीमा अज्ञात समुहले एक बृद्ध दाम्पत्तीमाथि साँघात्मिक हमला गरेको छ । गयराती घरमै साँघात्मिक बेलौरी नगरपालिका ७ भगतपुरका बृद्ध खाती दाम्पत्तीमाथि हमला गरेको हो ।
वडाध्यक्ष प्रकास श्रेष्ठले धाँरिलो हतियारमा आएको समुहले ५५ बर्षिया बेलुदेवी खाती र उनका ६५ बर्षिया श्रीमान घनश्याम खातीमाथि साँघात्मिक आक्र्रमण गरेका थिए । धाँरिलो हतियार प्रहार गरि बेलुदेवीको विभत्स हत्या गरिदिएका छन् । बेलुदेवीको घटना स्थल(घरमै) मृत्यु भएको हो । भने घनश्यामको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रिर्फर गरिएको छ ।
मध्यराती घरमा पुगेका आक्र्रमणकारीले आवाज दिएका रहेछन, को आयो भनेर घनश्याम बाहिर आए, बाहिर आएका बेला आक्र्रमणकारीले सिधै उनको पेटमा छुरा प्रहार गरे, बाहिर श्रीमान चिच्याएको ठुलो आवाज आएपछि के भयो ? भनेर बाहिर आउँदा आक्र्रमणकारीले बेलुदेवीमाथि धाँरिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बेलुदेवीको छातिमा गम्भिर चोट लागेर उनको घरमै मृत्यु भएको बताए । घाईते उनका श्रीमान घनश्यामको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको बताए ।
प्रहरीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर प्रयोग गरेको छ । शनिबार बिहानैदेखि थप प्रहरी सहित कुकुरको प्रयोग गरेर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले मध्यरातमा घटना घटेपछि भोलीपल्ट बिहान मृतका ३८ बर्षिया छोरा राजेश खाती र उनका साथी ३५ बर्षिया दिनेश खातीलाई नियन्त्रणमा लिएको छ ।
‘खाती दाम्पत्तीका छोरा र एक जना उनका साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, ‘प्रहरी प्रवक्ता थापाले भने, ‘अनुसन्धान सुक्ष्म रुपमा अघि बढाएका छौँ ।’ खाती दाम्पत्तीको हत्या गर्ने उदेश्यले आएको समुहले दुवै जनाको हत्या गर्न चाहेको थियो । सोही घटनामा छोरा पक्राउ परेपछि घटना शंस्कापद भएको स्थानीयको बुझाई छ । आमाबाबुको ज्यान लिने हिसाबले आएका आक्र्रमणकारी को हुन ? घाईते बाबुको उपचार नगएका छोरामाथि शंका नै लागेर प्रहरीले नियन्त्रणमा लिएको स्थानीयको भनाई छ । प्रहरीले भने घटनाको कारण, हत्यारा को हो ? भन्ने बारेमा अहिल्यै निक्यौल गरेको छैन् । घटना विभत्स एव मानवता बिरोधी काम भएको भन्दै स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । प्रहरीले पनि घटना घटाउने, संलग्नेको पहिचान हुने विश्वास दिलाएका छन् ।

ताजा समाचार