नेपाली कांंग्रेस प्रवेश गरेका साठी जना पुन: नेकपा मै फर्किए

यम प्रसाद आचार्य/कञ्चनपुर

नेपाली कांंग्रेस प्रवेश गरेका साठी जना व्यक्तिहरु पुन: नेकपा मै फिर्ता भएका छ्न । गत साता पुनर्वास ७ का नेकपा पुनर्वास नगर कमिटी सदस्य जङ्ग बहादुर तामाङको नेतृत्वमा नेपाली कांंग्रेस  प्रवेश गरेका साठी जना कार्यकर्ता र सर्वसाधारण पुन: नेकपा मै प्रवेश गरेका हुन । शुक्रबार पुनर्वास ७ मा भएको पार्टीको कार्यक्रममा नेकपा कञ्चनपुरका जिल्ला अध्यक्ष वीर बहादुर थापा, कञ्चनपुर १ का क्षेत्रीय कमिटी संयोजक पल्लवराज भट्टले खादा लगाएर पुन: प्रवेश गरेका व्यक्तिहरुलाई स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट, नेकपा कञ्चनपुरका सदस्य तथा नेकपा पुनर्वास नगर सह-ईञ्चार्ज कञ्चन गीरी, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतका व्यक्तित्वहरुको पनि उपस्थिति थियोे । कार्यक्रममा आफ्नो बिचार राख्दै नेकपा कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापा पातलले सानोतिनो असमझदारी र कमजोरीहरु हरेक संगठनमा हुने र त्यस्ता कमिकमजोरीहरुलाई आत्मालोचना र छ्लफलबाट टुङ्याउदै अघि बढनुपर्ने बताए ।

क्षेत्रीय संयोजक पल्लवराज भट्टले जिवन्त पार्टी भित्र सामान्य विवाद र असमझदारी आउनु स्वभाविक भएको र यसलाई छ्लफल र विचार विमर्श गरि टुङ्याउदै पार्टीलाई थप मजबुत गरेर लग्ने दिशा तर्फ आफ्नो पार्टी अगाडी बढिरहेको जिकिर गरे ।

ताजा समाचार

This will close in 10 seconds