सत्याग्रहीहरुसँग भएको सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ : कमल थापा

काठमाण्डौ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिएका छन् । काठमाण्डौको बसन्तपुर पुगी थापाले “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन् ।


सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न थापाले जोड दिएका छन् । “इनफ इज इनफ” अभियानले आज बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दा गरे । संचारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाण्डौ उपत्यकासँगै मुलुकका ठुला शहरहरुमा संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता गर्दै कोरोना महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको भन्दै सरकारको आलोचना गरे ।
थापासँग पार्टीका नेताहरु पूर्वमन्त्री विक्रम बहादुर थापा, चन्द्र बहादुर गुरुङ्ग, राजाराम बर्तौला लगायत सहभागी थिए ।

ताजा समाचार

This will close in 10 seconds