भदौ पहिलो साता देखि संञ्चालन हुने परीक्षा स्थिगित गर्न विद्यार्थीको माग

प्रेम राज भट्ट /कञ्चनपुर

कोभिड–१९ को जोखिम रहेकै समयमा सरकारले परीक्षा संचालन गर्ने निर्णय गरेको विरोधमा विद्यार्थीहरुले शुत्रवार साझ ६ः ३० बजे कंचनपुरको महेन्द्रनगर बजारको मदनचोकमा विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको जीवन माथि खेलवाड गर्नु नहुने भन्दै विद्याथीहरुले सरकारले भाद्र १ देखि विभिन्न तहका परिक्षा गर्ने भन्ने निर्णयमा संकेतिक विरोध प्रदर्शन गरेका   हुन् । दिनदिनै कोरोनाका संक्रमित बढ्दै गएको अवस्थामा सरकारले सबैलाई पिसिआर टेष्ट गर्न सकेको छैन जसका कारण कतिलाई कोराना संक्रमण भएको छ भन्ने थाहा नभएको अवस्थामा यसरी परीक्षा लिदाँ सबैलाई संक्रमण हुने जोखिम बढ्ने भएकोले यस अवस्थामा परीक्षा सञ्चालन गर्नु उचित नभएकोले आफुहरु आन्दोलन गर्न बाध्य भएको विद्यार्थी नेता नरेन्द्र भाटले बताए ।


विद्यार्थीहरुले ‘जीवन महत्वपूर्ण छ, स्वाथ्य नै जिवन हो’ अहिले जाँच लिनु उचित हुदैन लेखिएका पर्चापम्पलेट सहित विरोध जनाएका थिए । विद्यार्थी नेता भाटले विद्यार्थीहरुको मानसिक अवस्थामा समेत प्रतिकुल असर पारेको र कोरोना जोखिम पनि उत्तिकै रहेको पस्थितिमा जीवनलाई नै संकटमा पारेर परीक्षा गराउने सरकारको गलत निर्णयका विरुद्धमा विद्यार्थीहरुले शान्तिपूर्ण विरोध जनाएको वताए ।


कोभिड–१९को परीक्षण दायरा बढाउनु पर्ने, पिसिआर परीक्षण हुनुपर्ने । यस रोगको नियन्त्रण भए पछि उचित समयमा परीक्षा हुनु पर्ने विद्यार्थीहरुको माग रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds