स्थानीय युवा तथा महिलाद्वारा छोडिएको गाईहरुलाई घाँसको व्यवस्था

छाडा पशु व्यवस्थापन गरिरहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरामाथि काँग्रेस निकट नेपाल दरुण दलका वडा सभापति नारद ठगुन्ना लगायतले कार्यकक्षकै साँघात्मिक हमला गरेको बिरोधमा स्थानीय एव गोठालाले सबै छाडा पशु चौपाया नगरपालिका हुलिदिएका थिए । नगरपालिका हुलेका छाडा पशु चौपायालाई नगरपालिकाले क्वारेन्टाईन राखेको कृष्ण उमाविकै प्राङगणमा हुलियो । एकै स्थानमा क्वारेन्टाईन र छाडा पशु चौपाया हुलेपछि त्यहाँ आहारा र उचित व्यवस्थापनमा समस्या भएको छ ।

छाडा पशु चौपायाको समस्या मध्य नजर गर्दै केही काँग्रेस निकट नेता कार्यकर्ता पशुको आहारा व्यवस्थापनमा जुटेका छन् । काँग्रेस शुक्लाफाँटाका कार्यकर्ता धर्मा विष्ट, नेवि संघ नेता गोकुल देव अवस्थी, जिवन पाण्डे लगायतले घाँस काटेर खुवाएका छन् । नेवि संघ नेता गोकुल देव अस्थीले घाँस काटेर खुवाएको बताए । वडाध्यक्षमाथि हमला र कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले दरुण दलका वडा सभापति ठगुन्ना सहितलाई उपद्रोप मुद्दा चलाईएको छ । घटनाको शुक्लफाँटा नगरपालिको भत्र्सना र दरुण दलले मुद्दा चलाएका व्यक्तिको रिहाई र नेकपाले घटनाको सत्यतथ्य छानबिन गरेर कार्बाहीको माग अघि सार्दै आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds