महाकाली अस्पताल सुधारको माग राखेर मन्त्रालयमा डेलिगेशन

कञ्चनपुरको महाकाली अस्पताल सुधारको माग अघि सारेर संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाईएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाउँदै अस्पताल सुधारका लागि जनशक्ति, उपकरणको माग अघि सारेका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सरकारले कोडिभ अस्पतालमा सुचिकृत नगरेपछि सरकारको ध्यानाकर्षण गराएको बताए । उनका अनुसार कञ्चनपुरका प्रतिनिधी सभा सदस्य, नेता कार्यकर्ता सहित मन्त्री ढकालसलाई ज्ञापन पत्र बुझाएको बताए ।

प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट, नर ब. धामी, निरुदेवी पाल, नेकपा नेता राजेन्द्र रावल, राम कुमार ज्ञवाली, नन्दलाल चटौत, बचन बहादुर सिह, निमित्त मेसु हरि कुमार श्रेष्ठ सहितको टोलीले कोडिभ अस्पताल सहित विशेषज्ञ चिकित्सक, उपकरणको माग अघि सारेका हुन् । अध्यक्ष जोशीले सयौँ कोडिभका बिरामीको उपचार गर्दा पनि सरकारले महाकाली अस्पताल कोरोन अस्पतालका सुचिकृत नगरेको भन्दै आपत्ति जनाए । ज्ञापन पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले महाकाली अस्पताल सुधारका लागि आफ्नो तर्फबाट पहल गर्ने बचन दिए । अध्यक्ष जोशीले महाकाली अस्पताल सुधार गर्दै जनतालाई स्वास्थ्य अधिकारका साथै शुलभ उपचारको पहुँचमा पु¥याउने सकल्पका साथ कार्यक्रम अघि बढाईएको जनाएका छन् ।

ताजा समाचार