छानो र मानो विहिन आरक्षपीडित परिवारलाई माईती नेपालद्वारा खाना

पहिलाद राना/कञ्चनपुर

माईती नेपालले ‘छानो र मानो नभएका’ कञ्चनपुरका आरक्षपीडितलाई खाना खुवाईरहेको छ । माईती नेपाल कञ्चनपुरले लकडाउन(बन्दाबन्दी)मा परेका आरक्षपीडित परिवारलाई खाना खुवाउन लागेको हो । बस्ने छानो र खाने मानो नभएका विस्थापित परिवारलाई अहिले माईती नेपालले बस्तीमै पुगेर खाना खुवाईरहेको छ । माईती नेपालले एक सातादेखि लालझाडी गाउँपालिका ६ ढक्का शिबिरमा बस्दै आएका आरक्षपीडितलाई खाना खुवाउन लागेको हो । लकडाउनमा समस्यामा परेका विपन्न परिवारका लागि सामुदायिक भान्सा मार्फत माइती नेपाल कञ्चनपुरले दुई दशक अघि विस्थापित भएका पीडित परिवारलाई खाना खुवाउन लागेको माईती नेपाले जनाएको छ ।

लकडाउनका कारण समस्यामा परेका अतिविपन्न आरक्षपीडित परिवार तथा महिला, बालबालिकाका लागि खाना खुवाउन लागेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताईन् । यस अघि माईती नेपालले सुकुमबासी, मुक्त हलिया, कमैया, सुनाहबस्ती, बृद्धआश्रम, वादी बस्ती लगायतका विपन्न बस्तीमा खाना खुवाएको थियो । उनका अनुसार आरक्षपीडितका सत्र सय ५० परिवारलाई खाना खुवाएको बताईन् । एक महिनाको अवधिमा ८ हजारलाई खाना खुवाईको छ । शिबिरमै आएर खाना खुवाउन थालेपछि आरक्षपीडित समेत हर्षित भएका छन् । ०५८ सालदेखि विस्थापित भएका पीडितको पुर्नस्थापना नहुँदा उनीहरु अहिले शिबिरमा बस्न बाध्य भएका छन् । शिबिरमा बसेकाले अहिलेसम्म सरकारी गैर सरकारी कुनैपनि निकायबाट राहत सहयोग पाएका थिएनन् ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले विस्थापित भएदेखि अहिलेसम्म कुनैपनि निकायबाट यसरी राहत नपाएको बताए । ‘हामीलाई गैर कानुनी तरिकाले सरकारी जमिनमा बसेका छौँ, भनेर कसैले पनि राहत दिन मानेको थिएन, ‘संयोजक भण्डारीले भने, ‘अहिले आएर माईती नेपालले लकडाउन पछि बस्तीमै आएर राहत दिन लागेको छ ।’ आरक्षविस्थपित लकडाउनका कारण रोजगारीका क्षेत्र बन्द भएपछि झन समस्यामा परेका छन् । संयोजक भट्टले लकडाउनका कारण दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाउने अभियान शुरु भएको बताईन् ।

उनका अनुसार ५६ दिनसम्म चल्ने सो अभियानमा अतिविपन्न परिवारका महिला, बालबालिका, असाह्य, वृद्ध तथा एक महिलाहरुलाई एकछाक पोषिलो खाना खुवाइने छ । वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार बढी मारमा परेकाले आफूहरुले उनीहरुका लागि सामाजिक भान्सा अभियानको सुरुवात उनले बताईन् । ‘धेरैजसो क्षेत्रमा लकडाउनका कारण मजदुर विपन्न नागरिकलाई साँझ बिहानको छाक र्टान समस्या परेको छ’ संयोजक भट्टले भनिन, ‘संकटका बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहाँहरुलाई धेरै ठूलो सहयोग गर्ने हामीले आशा गरेका छौ ।’ झण्डै दुई महिना चल्ने अभियानमा जिल्लामा रहेका अतिविपन्न र बन्दाबन्दीको मारमा परेका परिवारलाई बढी प्राथमिकतामा राखिने उनले बताईन् ।

माइती नेपाल, युयन ओमन तथा स्थानीय तहको समन्वयमा संचालन गरिएको अभियानमा दैनिक दुई सय ६० जना महिला तथा बालबालिकालाई पोषिलो खाना खुवाइने संयोजक भट्टले बताईन् । कोरोना भाइरस अन्य रोग र विपत्ती जस्तो नभएकाले बताउदै यसबाट जोखिन सबैले भौतिक दूरी र सुरक्षाका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिए । पोषिलो खाना पाएसँगै खुशी भएका स्थानीयले खुसी व्यक्त गरेका छन् । माईती नेपाल कञ्चनपुरको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले लकडाउनमा समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखेका छन् । माईती नेपालको अभियानबाट विपन्न परिवार हर्षित भएका छन् ।

ताजा समाचार