सरकार राज्य आतंकको सीमा नाध्दै : विप्लव

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा विप्लव) सेती महाकाली ब्यूरोले सरकारको राज्य आतंकले सेति महाकाली ब्युरोमा सीमा नाघ्दै जनतामा त्रासको वातावरण सृजना भैईरहेको जनाएको छ । बिहीबार नेकपा विप्लव सेती महाकालीले एक विज्ञप्ती जारी गर्दै सरकारको राज्य आतंकले सेति महाकाली ब्युरोमा सीमा नाघ्दै जनतामा त्रासको वातावरण सृजना भैईरहेको जनाएको हो ।

‘एकातिर आफ्ना दुत मार्फत वार्ताको भ्रमजाल थाप्ने तथा अर्कोतिर बालुवाटारको प्रत्यक्ष निर्देशनमा कथित सि.आई.बि.तथा आर.आई.टी.नामको गिरोहलाई हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तारी देखि व्यक्ति हत्या सम्मको निर्देशन दिएर कैलाली, कञ्चनपुर लगायत नौवटै जिल्लाका गाउँबस्तीमा परिचालित गर्ने ओलि सरकारको कपटी चाल घोर आपत्तिजनक, अराजनैतिक, अक्षम्य खालको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘कथित सि.आई.बि.तथा आर.आई.टी.नामको जथ्थाले विशेष गरि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला तथा डडेल्धुरामा हाम्रो पार्टीका दर्जनौं नेता कार्यकर्ताहरुका घर खान तलासी गर्ने, महिला तथा बालबालिका लाई आतंकित पार्दै मनोवैज्ञानिक त्रास सृजना गर्ने, सर्वसाधारण व्यापारी तथा ज्यालादारी श्रमिकलमई समेत गिरफ्तार गर्ने जस्ता घृणित कामहरु भैरहेको छ।’

कैलाली जिल्लामा जनताबाट निर्वाचित कतिपय मेयर अध्यक्ष तथा वडा अध्यक्ष समेत सि.आई.डि.रसुराकीको काम गरिरहेको हाम्रो पार्टीले प्रमाणित गरिसकेको दावि गर्दै सरकारी पार्टीका कतिपय कार्यकर्ता पनि .सुराकीको भुमिकामा रहेको बुझिन आएको जनाएको छ । कार्यालय सचिव छविलालद्वारा हस्ताक्षरित गरिएको विप्तीमा वैज्ञानिक समाजवाद र राष्ट्रिय स्वाधिनताका राजनैतिक कार्यक्रम सहित संघर्षरत क्रान्तिकारी शक्ति माथि भईरहेको घोर प्रतिक्रियावादी, फाँसीवादी तथा साम्राज्यवाद परस्त यस्ता हर्कतहरु तुरुन्त रोक्न माग अघि सारिएको छ ।

ताजा समाचार