महाकाली अस्पताल कोभिड अस्पतालमा नपरेपछि अध्यक्ष जोशीको टोली डेलिगेशनमा

सयौँ कोरोनाका बिरामी निको पारेको सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महाकाली अस्पताललाई संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालमा राखेको छैन् ।

कोभिड अस्पतालमा नराखेपछि महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) सहितको टोली डेलिगेशनमा गएको छ । ‘हामीले सयौँ कोरोनाका बिरामी निको बनाएर घर पठाईसकेका छौँ, ‘अध्यक्ष जोशीले भने, ‘हाम्रै अस्पताल कोडिभमा राखेको छैन् ।’ अध्यक्ष जोशीले महाकाली अस्पताललाई कोडिभ अस्पलामा राख्न, विभिन्न रोगका विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न, आधुनिक एम्बुलेन्स ल्याउन लगायत अस्पताल सुधारका विषय अघि सारेर संसद, मन्त्री, मन्त्रालय लगायतका निकायमा ज्ञापन पत्र बुझाईने छ ।

‘हामी अस्पताल सुधारका लागि विभिन्न निकायको ध्यानाकर्षण गराँउछौ, ‘उनले भने, ‘अस्पताल सुधारका लागि संघीय सरकारी निकायको महत्वपूर्ण भूमिका हुन्छ ।’ बिहीबार पनि कञ्चनपुरका १८जना कोरोनाका बिरामीको उपचार भईरहेको छ ।

ताजा समाचार