पप्पु गुरुङ्ग/ दोधारा
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/dodhara-chandani.jpg)
माहाकाली नगरपालिकामा भिम कुमालको ‘खान पुगोस् दिन पुगोस्’ अभियान अन्तर्गत माहाकाली नगरपालिकाको वडा–वडामा राहत बितरण कार्य सुरु गरेका छन् । आज माहाकाली नगरपालिकाको वडा नं. १० का अतिबिपन्न परिवारको तथ्यांक संकलन गरि उनिहरुलाई राहत बितरण गरिएको अभियानका सदस्यहरुले जानकारी गराएका छन् । माहाकाली नगरपालिका नगरपालिका वडा नं. २ का स्थानिय र नेकपा माहाकालीका नगर सचिव भिम कुमालको आफ्नो ब्यक्तीगत सहयोगले माहाकाली नगरपालिका वडाहरुमा बसोबास गर्ने झण्डै एक सय घरधुरीलाई राहत बितरण गर्ने कार्यक्रम रहेको भिम कुमालले बताएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Krishnapur.jpg)
आज माहाकाली नगरपालिकाको वडा नं. १० का बिभिन्न टोलका ५ जना अतिबिपन्न तथा गरिब परिवारका प्रत्येक घरलाई १० केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ केजी चिनी र १ सय ग्राम चियापत्ती बितरण गरिएको कुमालले जानकारी बताएका छन् । माहाकाली नगरपालिका वडा नं. १० निवासी पलौता सुनार, लुरी सुनार, बिरु सुनार, गुलाव सुनार र मुन्ना सुनारलाई राहत बितरण गरिएको हो । लकडाउनको बेला रोजगारी गुमेर घरमा चुल्हा जलाउन समस्या परेको भन्दै उनिहरुको समस्यामा थोरै पनि सघाउ पुग्ने हेतुले उक्त राहत बितरण गरिएको ‘खान पुगोस् दिन पुगोस्’ अभियानका सदस्य कोमल उपाध्यायले जानकारी दिएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Untitled-1-Recovered.jpg)
माहाकाली नगरपालिकाको वडा नं. १ देखि १० वडा सम्म प्रत्येक वडाका ५ जना अतिबिपन्न तथा गरिब परिवारको छनौट गरि उनिहरुलाई राहत बितरण गर्ने योजना बनाईएको अभियानका सदस्य कोमल उपाध्यायले बताए । वडा नं. १० का स्थानिय गुवाल सुनारले भिम कुमालको ‘खान पुगोस् दिन पुगोस्’ अभियान निकै सकारात्मक रहेको बताएका छन् । माहाकाली नगरपालिका कार्यालयले दुई पटक राहत बितरण गरेको र रोजगारी नभएको कारण घरमा चुल्हा जलाउन समस्यामा परेको अतिबिपन्न तथा गरिब परिवारलाई ब्यक्तीगतरुपमा राहत दिन घरघरै आउको भन्दै दाता भिम कुमाललाई धन्यबाद दिएका छन् । महामारीमा रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड–१९) का कारण विपद् परेका एवम् दैनिक छाक टार्ने समस्या झेलिरहेका, गरीब, बिपन्न, असाहय, खान लाउन नपुगेका, बिहान बेलुकी छाक टार्न समस्या खेपिरहेको अवस्थामा आगामी दिनहरुमा आफुले भ्याए जती थप सहयोग गर्दै जाने भिम कुमालले प्रतिबद्धता जाहेर गर्दै आएका छन् ।
कोरोना भाईरसको महामारीको बेला माहाकाली नगरपालिकालाई सबै भन्दा बढी ब्यक्तीगतरुपमा सहयोग गरेको हुन् । कोरोना भाइरसको बेला झण्डै रु. ६ लाख भन्दा बढी रकम माहाकाली नगर क्षेत्रमा सहयोग गरेको बताईएको छ् । ‘खान पुगोस् दिन पुगोस्’ अभियानको क्रममा आफुले देखेका अतिबिपन्न घर परिवारलाई आफुले सक्दो सहयोग गर्ने समेत भिम कुमालले बताएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)