शुक्लाफाँटा नगरपालिका ७ नम्बर वडामा आगजनी प्रकरण

‘सेवा प्रवाह गर, अपराधी कानुनी दायरमा ल्याईन्छ’

कञ्चनपुर
शुक्लाफाँटा नगरपालिका ७ नम्बर वडा कार्यालयमा आगजनी गर्ने व्यक्ति समुह कुनैपनि हालतमा कानुनी दायरमा ल्याईने सरकारी अधिकारीले बताएका छन् । सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश सभा सदस्य, नगरप्रमुख, सुरक्षा निकायका प्रमुख सहितले स्थानीयसंग आगजनी प्रकरणबाट उत्पन्न समस्या बारे छलफल गर्दै दोषिलाई कानुनी दायरामा ल्याईछाड्ने बताएका हुन् । प्रहरी प्रशासनिक निकायका अधिकारीले कुनैपनि हालतमा दोषि कानुनी दायरामा आउने प्रतिबद्धता जाहेर गरेका छन, भने जनप्रतिनिधीले वडा कार्यालयमा आगजनी गर्ने समुह, व्यक्तिले सिङ्गो जनताको घरमा आगजनी गरेको बताएका छन् ।
कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले आगजनी गर्ने जुनसुकै व्यक्ति समुहको किन नहोस कानुनी दायरमा ल्याई छाड्ने प्रतिबद्धता जाहेर गरे । ‘यो घटनाको निक्यौल निकाली छाड्छौ, ‘प्रहरी प्रमुख मरासीनीले भने, ‘घटनाको अनुसन्धान भईरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कुनैपनि गलत प्रवृति बिरुद्ध निरुत्साहित गरिने बताए । जुनसुकै व्यक्ति समुह, दल भएपनि अपराधी कानुनी दायरमा ल्याई छाड्ने उनले विश्वास दिलाए । ‘सेवा वडाबाटै प्रवाह गर्नुहोस, ‘प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘कर्मचारीको सुरक्षाको जिम्मा हामी लिन्छौँ, तर जनताको कामकाज रोक्नु भएन् ।’ प्रजिअ खतिवडाले आगजनी घटनाको छिट्टै निर्णयमा पुग्ने बताए । शुक्लाफाँटा नगरपालिका प्रमुख दिल बहादुर ऐरले जसले पनि घटना घटाएको हो, त्यो पूर्ण अपराधीक मानसिकताको भएकाले त्यस्ता समुह कार्बाहीको दायरमा ल्याउनुपर्नेमा जोडदिए । सुप प्रदेश सभा सदस्यद्वय लाल बहादुर खडका र महेश दत्त जोशीले सिहदरबारको अधिकार वडामा आएका बेला जनताले सबै सुविधा पाउँदा दुखि हुने जनताको भलो नदेख्ने समुहले यस्तो अपराध गरेको बताएका छन् । प्रदेश सभा सदस्य लाल बहादुर खडकाले घटना अराजक समुहबाट भएको बताए ।
‘दोषि समुह सबैलाई कानुनी दायरमा ल्याउनुपर्छ, ‘उनले भने, ‘यो संविधानमाथि प्रहार हो ।’ अर्का प्रदेश सभा सदस्य महेश दत्त जोशीले जनताको करबाट बनेको भवनमा अप्टेरो परिस्थिति सिर्जना गर्ने जुनसुकै व्यक्ति, समुह र संस्थालाई कानुनी दायरमा ल्याई कार्बाही गर्नुपर्ने बताए । ‘दोषि पक्राउ गरिएपछि कुनैपनि दल, व्यक्तिले नातावाद, कृपावाद भनेर बचाउ गर्दै जनतामाथिको कुठाराघात गर्नु हुदैन, ‘उनले भने, ‘अपराध रोक्नु हुदैन ।’ स्थानीयले समेत कायरशैलीमा वडा कार्यालयमा आगजनी गर्ने काम निन्दनिय जनता बिरोधी भएको बताएका छन् । जनप्रतिनिधी कर्मचारीसंग कुनै व्यक्तिगत विषयमा विमती भए सोही अनुसार वैज्ञारिक रुपमा छलफल, वार्ता, सम्वाद कानुनी प्रकृयामा जानुपर्ने बताएका छन् । स्थानीयले घटनामा संलग्नको छानबिन गरेर दोषि उपर कार्बाही नभए आन्दोलनको चेतावनी दिएका छन् । स्थानीय एव नेपाली काँग्रेस वडा सभापति बीर बहादुर भट्टले अपराधी छिटो भन्दा छिटो कार्बाही गर्नुपर्ने बताए । स्थानीय पदम धामीले जनताको सम्पत्तीमा आगजनी गर्ने अपराधीलाई कानुनको दायरमा ल्याएर कडा कार्बाही गर्नुपर्ने बताए । कार्बाही नगरे जनतालाई जिम्मा दिनुपर्ने बताए ।
वडाध्यक्ष जगत बहादुर सिहले जनताको मुटु अर्थात जनताकै घरमा आगजनी जस्ता अराजक कृयाकलाप गर्ने समुहको पहिचान गरेर प्रहरी प्रशासनले कार्बाहीको विकल्प नभएको बताए । ‘गत बर्ष मेरै गाडीमा आगजनी यस बर्ष म वडाध्यक्ष भएको कार्यालयमा आगजनी गरिदियो, ‘उनले भने, ‘यो कदाचित राम्रो काम होईन्, जनता बिरोधी कार्य हो ।’ आफुप्रति कसैका विमती भए सोही अनुसार राख्नुपर्नेमा राती आगजनी गरेर जनतामाथि आगो लगाउने काम भएको उनले बताए । घटनाको चौतर्फि बिरोध भत्र्सना गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds