वडाध्यक्ष महरामाथि साँघात्मिक हमला बिरुद्ध वडा कार्यालय बन्द, दोषि उपर कार्बाहीको नेकपा शुक्लाफाँटाद्वारा माग

 कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले वडाध्यक्ष बहादुर सिह महरामाथि साँघात्मिक हमला भएको जनाएको छ । वडा कार्यालयले आइतबार एक प्रेस विज्ञप्ती जारी गरि गर्दै दरुण दलका वडा सभापति नारद सिह ठगुन्ना नेतृत्वको १५/२० समुह कार्यालय प्रवेस गरेर पुर्व योजना बमोजिम हमला गरेको जनाएको हो । राष्ट्रिय परिचय पत्र कार्यक्रम वितरण दर्ता, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको निवेदन संकलन, समाजिक सुरक्षा भत्ता नविकरण, नियमित काम चलिरहेका बेला वडाध्यक्ष महरामाथि ज्यान मार्ने उदेश्यले गरिएको हमलाबाट वडाध्यक्ष घाईते भएको जनाईएको छ ।

‘वडाध्यक्ष महरामाथि चोट लाग्नुका साथै कार्यालयमा पूर्ण क्षति भएको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘सेवाग्राहीलाई समेत चोट लागेको छ ।’ वडा सचिव चन्द्र चौधरीले हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषि उपर कार्बाही नहुन्जेलसम्म शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म वडा कार्यालय बन्द रहने जनाएको छ । नेकपा शुक्लाफाँटा नगर कमिटीले समेत घटनाको भत्र्सना गरिएको छ । नेकपा शुक्लाफाँटा नगरका अध्यक्ष भक्तराज जोशी र सचिव देवदत्त भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा ज्यान लिने उदेश्यले साँघात्मिक हमला गर्नेमाथि कार्बाहीको माग गरिएको छ ।

तर, घटनाको चौतर्फि बिरोध तथा भत्र्सना भईरहेको छ। स्वयम काँग्रेस नेता कार्यकर्ताले समेत बिरोध गरेका छन् । कार्यालयमै गएर दादागिरीशैलीमा हातपात गर्नु निन्दनिय भएको टिप्पणी गरिएको छ । इलाका प्रहरी कार्यालय झलारीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । घटनामा संलग्न वडा सभापति नारद सिह ठगुन्ना सहित ६जनालाई पक्राउ गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds