दोधारा चाँदनीका अतिबिपन्न परिवारलाई राहत बितरण गर्दै भिम कुमाल

पप्पु गुरुङ्ग / दोधारा 

कोरोना भाईरस (कोडिभ १९) को कारण बिरुद्ध लड्नका लागि माहाकाली नगरपालिकालाई ब्यक्तीगतरुपमा सघाउदै आएका माहाकाली नगरपालिकाका कुमालले फेरी लकडाउनको कारण समस्यामा परेका अतिबिपन्न तथा गरिब परिवारजनलाई राहत बितरण गर्न सुरु गरेका छन् । कोभिड १९ को बेला माहाकाली नगरपालिकामा सबै भन्दा बढी ब्यक्तीगतरुपमा सहयोग गर्दै आएका माहाकाली नगरपालिका वडा नं. २ का स्थानिय तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमालले माहाकाली नगरपालिका वडा नं. १ देखी वडा नं. १० सम्मका लकडाउनका कारण घरमा चुल्हो जलाउन समस्या परेका झण्डै १ सय जना गरिब तथा अतिबिपन्न घरपरिवारलाई राहत बितरण गर्ने कार्य अघि बढाएका छन् । अति बिपन्न परिवार पहिचान गरी उनिहरुलाई राहत दिने कार्यक्रम अघि बढाएको माहाकाली नगरपालिका वडा नं. २ का स्थानिय तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमालले बताएका छन् ।

आज माहाकाली नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने ५ घरपरिवारलाई राहत बितरण गरिएको उनले बताएका छन् । वडा नं. ९ का दुर्गी रावत, मोतिकला सुनार, राकेश चदारो, कैला सुनार र महेश्वरी सा“उदलाई प्रत्येक घरधुरी १० केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ केजी चिनी र १ सय ग्राम चियापत्ती राहत प्रदान गरिएको भिम कुमालले बताएका छन् । भिम कुमालले माहाकाली नगरपालिका क्षेत्रमा झण्डै एक सय अतिबिपन्न तथा गरिब परिवारलाई राहत बितरण गर्ने योजना बनाएका छन् । आज देखि उनले आफ्नो अभियानलाई थालनी गरेको घोषणा गर्दै वडा नं. ९ मा राहत बितरण सुरु गरेको हुन् । नगरमा कोही भोकको पिडाले ग्रसित नहुन भन्नको लागी यो अभियान थालेको बताएका छन् । बिगतका दिनहरु देखी सामाजिक कार्यमा देखा पर्दै आएका कुमाल माहाकाली नगरपालिकालाई सघाउ पुग्ने हेतु तथा आफ्नो आर्थिक अवस्थाले भ्याएजती माहाकाली नगर क्षेत्रमा रहेको अति गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्न कटिबद्ध रहेको बताएका छन् ।

विश्वभर महामारीमा रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड–१९) का कारण विपद् परेका एवम् दैनिक छाक टार्ने समस्या झेलिरहेका, गरीब, बिपन्न, असाहय, खान लाउन नपुगेका, बिहान बेलुकी छाक टार्न समस्या खेपिरहेको अवस्थामा आगामी दिनहरुमा आफुले भ्याए जती थप सहयोग गर्दै जाने प्रतिबद्धता जाहेर समेत गरेका छन् । कुमालद्धारा यस अघि प्राथमिक स्वास्थ्यकर्मीलाई पिपिई सेट, सेनिटाइजर, मास्क, एम्बुेन्स चालकलाई पिपिइ सेट, मास्क तथा माहाकाली नगरपालिकालाई २० पेटी चाउचाउ, २० पेटी बिस्कुट र नगद रु. ५० हजार समेत प्रदान गरेका हुन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणको बेला सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा आफै पुगेर मिनरल वाटर, चाउचाउ समेत बितरण गरेका थिए । यस्तै माहाकाली नगरपालिकामा रहेका संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री, क्वारेन्टाईनमा रहेका स्थानियहरुलाई झुल तथा स्वास्थ्य सामग्री बितरण गरि माहाकाली नगरपालिकालाई बिपद्को बेला सघाउदै आएको हुन् ।

राहत बितरणको आजको पहिलो दिन सनसेट युथ भोलेन्ट्रि युथ ग्रुपका सदस्य खडक रावल, भुपेन्द्र ओली, नेपाल रेडक्रस सोेसाईटी दोधारा उपशाखाका कोमल उपाध्याय्, नेकपा कञ्चनपुरका जिल्ला सदस्य धनसरा नाथ योगी, शिक्षक अमृते रावत, स्थानिय जिवन धामी, स्थानिय टेक गिरी तथा स्थानियहरुको उपस्थिती रहेको थियो । स्थानियबासी कैला सुनारले घरमा अन्न नभएको यस्तो बिषम पस्थितीमा माहाकाली नगरपालिकाका जनतालाई सहयोग गरेकोमा कुमाललाई धन्बयबाद दिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds