कार्यकक्षमै वडाध्यक्षमाथि साँघात्मिक हमला गर्ने तरुण दलका सभापति सहित ६ जना पक्राउ

वडाध्यक्षमाथि कुटपिट, कार्यालय तोडफोड गरेर दण्डहिनता गर्नेको बचाउँ गर्दै काँग्रेस

कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरामाथि वडा कार्यालयमै साँघात्मिक हमला गर्ने नेपाली काँग्रेस निकट नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्ना सहित सात ६ जना पक्राउ गरेका छन् । वडाध्यक्ष महराकै कार्यकक्षमा गएर शुरुमै झापड चार्ज गरेर सामुहिक साँघात्मिक हमला गर्ने भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा हुलहुज्जल समुहका युवकले समान्य कुराकानी गर्दै झापड प्रहार गरेर सामुहिक कुटपिट गरेको देखिन्छ । कुटपिट गर्ने समुहका युवाको आक्र्रमण छिचोल्दै वडाध्यक्ष महरा आक्रमणबाट बाचेका थिए ।
वडाध्यक्षमाथि कुटपिट गर्ने र कार्यालय तोडफोड गर्ने काँग्रेस वडा सभापति नारद सिह ठगुन्ना सहित उनका भाई बसन्त ठगुन्ना, कमान ठगुन्ना, विनोद ठगुन्ना, नविन ठगुन्ना, आनन्द सिह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ । वडाध्यक्षमाथि कुटपिट र कार्यालय तोड्फोडको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बिरोधमा काँग्रेस नेता कार्यकर्ताले झलारी बजारमा बिरोध स्वरुप टायर बालेर बिरोध जनाएका छन् । लोकतन्त्र, सुुशासनको पक्षधर, दण्डहिनताको विपक्षीधर काँग्रेसले अपराधमा संलग्नमाथि कार्बाही गरेर लोकतान्त्रिक उदाहरण दिनुको साटो पार्टीको नीति विपरित सरकारी कार्यालय र जनप्रतिनिधीमाथि हमला गर्नेको बचाउ गरेर दण्डहिनताको सरक्षण गरिरहेको स्वयम केही काँग्रेस नेताहरुको भनाई छ । घटना घटेपछि प्रहरीले भिडियो लगायतका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएकै विषय मुद्दा बनाईरहेको स्थानीयको बुझाई छ । कार्यालयमै वडाध्यक्ष महरामाथि दिउँसै कुटपिट भएको घटनाको शुक्लाफाँटा नगरपालिकाले समेत घोर आपत्ति जनाएको छ ।
नगरपालिकाले दोषि उपर कार्बाहीको माग अघि सारेको हो । शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा वडाध्यक्षको कार्यकक्ष भित्र अनाधिकृत रुपमा प्रवेस गरी वडा कार्यालय तोडफोड तथा अध्यक्षमाथि कुटपिट गरेको कार्यप्रति शुक्लाफाँटा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता उछृङगत कार्यमा संलग्न रहेका जो कोहीलाई पनि नगरपालिका उक्त कार्यको घोर भत्र्सना गरि दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । घाईते वडाध्यक्ष महरालाई अस्पताल लैजाने विषयमा समेत कुटपिट गर्ने समुहले अमानविय व्यवहार गरेको नगरपालिकाले जनाएको छ । नेपाली काँग्रेसका वडा सभापति नारद ठगुन्नाले आफ्नो भाई बसन्तमाथि वडाध्यक्ष महराले कुटेको विषयमा छलफल गर्ने क्रममा दोहोरो चर्काचर्की भएको स्वीकार गरे । ‘मैले हातपात गरेको छैन, ‘उनले भने, ‘भाईहरु तातेका हुन ।’ घुमाउरो शैलीमा उनले कुटपिट भएको बताए । तर आफुले हात नछाडेको बताए । घटनाको चौतर्फि भत्र्सना एव बिरोध गरिएको छ ।कञ्चनपुर प्रहरीले घटनाको निष्पक्ष छानबिन भईरहेको जनाएको छ ।

ताजा समाचार