विद्युत कार्यालयको चरम लापरवाही, सास्ती खेप्दै उपभोक्ता

प्रेमराज भट्ट / कंचनपुर

विद्युतका कर्मचारीको लापरवाहीका कारण विद्युत कार्यालय धाउदा धाउदैँ उपभोक्ता थाकेका छन् भने यस्तो चरम गर्मीमा विद्युत विहीन भई अध्यारोमा बस्न बाध्य भएका छन् । नेपाल विद्यतु प्राधिकरण वितरण केन्द्र महेन्द्रनगर शाखाका कंचनपुरका कर्मचारीहरुले मिटर रिडिंग गर्दा गरेको लापरवाहीका कारण भीमदत्तनगरका उपभोक्ता मारमा परेका छन् ।
विं.सं. २०७५ साल फाल्गुन २ गते विद्युत मिटर जडान गरेका उनको विद्युतीय मिटरमा बढी विल देखाउन थाले पछि २०७६ चैत्र ५ गते विद्युत कार्यालयका कर्मचारीले मिटर विग्रेको भनी झिकेर लगेका थिए । त्यस बेला सम्म उनले निरन्तर रुपमा विल भुक्तानी गर्दै आएका थिए । उनले २०७७ जेठ सम्मको विल भुक्तानी गरेका छन् ।

उनको मिटर लाई नेपाल विद्युत प्राधिकरण वितरण प्रादेशिक कार्यालय अत्तरियामा चेक जाँच गर्दा ठिक आए पछि उनको मिटरमा हालको अंक ५५३१ देखिएको छ । साविक अंक ६८५ रहेको छ भने उनले तिर्नु पर्ने रकम ६२ हजार ९सय ९८ रुपैंया देखिन्छ । २ कोठाको घरमा ३ बल्ब र २ वटा पंखा मात्र जडान भएको शेरुवा कामी बताउछन् । आर्थिक अवस्था कमजोर रहेका कामी आफुले विलमा आएको जति रकम हरेक महिना समयमै बुझाउदै आएको तर अचानक यति ठुलो रकम आउदा आफुले तिर्न नसक्ने बताउछन् । कसरी यत्रो रकम आयो आफै आश्चर्य भएको उनले बताए ।


विद्युत कार्यालय प्रमुख जङ्ग बहादुर चन्द भने मिटर रिडिङ्ग गर्ने व्यक्तिले कम अंक चढाउदा यस्तो भएको हन सक्छ, भने घरको वाईरिङ्गमा अर्थिङ्गको कारणले पनि मिटर आफै चलेर पनि यति विल आएको हुन सक्ने बताउछन् । मिटर रिडिंग गर्दा खेरी विद्युतको कर्मचारीबाट त्रुटी भएका कारण यस्तो गल्ती हुन गरेको उनले स्वीकारे । फिल्ड रिडर कर्मचारी घरमा नजाने भएकाले पनि मिटर रिडिङ्ग नगर्ने तथा कम अंक राख्ने गर्नाले यस्तो समस्या आएको हुन सक्छ उनले बताए ।
यस्तै, भीनपा ४ भगतपुर निवासी पशपति कुमारी शाहुको नाममा रहेको विद्युत रिडिङ्गमा पनि हालको अंक २७३४ रहेको छ भने विद्युतको कम्प्युटरमा हालको अंक ८१०० रहेको छ । जसको भुक्तानी रकम ६९ हजार ७ सय ५८ रुपैया हुन आउँछ । यस्तो कसरी भयो भन्दा कार्यालय प्रमुख चन्द भन्दछन् अर्काको मिटरको अंक यस विलमा चढेको हुनाले यस्तो भएको उनले बताए ।

यसरी विद्युत कर्मचारीको मनमानी ढङ्गले विल उठाउने गर्नाले सर्वसाधारण मार्कामा परेका छन् भने मिटरमा आएको रकम भन्दा बढी बुझाउन बाध्य भएका छन् । सबै ग्राहक यसरी बुझन् जान्ने हुदैनन् । गए पनि डाँठेर पठाउने र उपभोक्तासँग राम्रो व्यवहार नगर्ने गरेको देखिन्छ, जसका कारण सर्वसाधारण आफनो समस्या भन्नु भन्दा बढी विल भए पनि बुझाउन बाध्य हुन्छन् ।

ताजा समाचार