तरुण दलका सभापति ठगुन्नाको समुहद्वारा वडाध्यक्ष महरामाथि कार्यालयमै हमला

कार्यालयमा समेत तोडफोड, सेवाग्राही मारमा

कञ्चनपुर
प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस निकट नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको समुहले शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरामाथि हमला गरेका छन् । आइतबार नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका ८ का वडा सभापति नारद ठगुन्नाले वडाध्यक्ष महरामाथि कार्यालयमै हमला गरेका हुन् । काँग्रेस वडा सभापति ठगुन्नाले आफ्नो भाईलाई किन रु कुटपिट गरेको भन्दै वडाध्यक्षमाथि कुटपिटका साथै हमलाका साथै कार्यालयमा समेत तोडफोड गरेका छन् । वडाध्यक्ष बहादुर सिह महराले शनिबार राती बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेको विषयमा सम्झाईबुझाई गर्दा उल्टै कार्यालयमै आएर कुटपिटका साथै कार्यालयमा तोडफोड गरेको बताए । कार्यालयमा तोडफोड भएपछि सेवाग्राही समेत मारमा परेका छन् ।

‘उनीहरु आफुमथि योजना बनाएरै कुटपिट गर्न र कार्यालय तोडफोड गर्न आएका रहेछन, ‘वडाध्यक्ष महराले भने, ‘कुन नहुँदै एकाएक कुटपिट गर्न थाले, म भागे ।’ आफुमाथि कुटपिटमा साथै कार्यालयमा समेत तोडफोड गरि आवश्यक कागजात च्यातचुत पारिदिएको बताए । ‘मलाई वडा कार्यालय बोलाएर कुटपिट गरौँला भन्ने सोचेर एक जना भित्र आएर वडाध्यक्ष ज्यू काम छ, बाहिर आउनुप¥यो, भन्यो, ‘वडाध्यक्ष महराले भने, ‘म बाहिर गएन, फेरीपनि कार्यालमै आएर तोडफोड र कुटपिट गरे ।’ कुटपिटबाट वडाध्यक्ष महराको टाउको, घाँटी, पिठ्यु लगायतमा भित्री चोट लागेको छ । कार्यालयमै वडाध्यक्ष महरामाथि दिउँसै कुटपिट भएको घटनाको शुक्लाफाँटा नगरपालिकाले समेत घोर आपत्ति जनाएको  छ । नगरपालिकाले दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

नेपाली काँग्रेसका वडा सभापति नारद ठगुन्नाले आफ्नो भाई बसन्तमाथि वडाध्यक्ष महराले कुटेको विषयमा छलफल गर्ने क्रममा दोहोरो चर्काचर्की भएको स्वीकार गरे । ‘मैले हातपात गरेको छैन, ‘उनले भने, ‘भाईहरु तातेका हुन ।’ वडाध्यक्ष महराले वडामा गरेको विकास राम्रो भएको हामीहरुको पनि सर्मथन भएको बताउदै काँग्रेस वडा सभापति ठगुन्नाले समान्य छलफलका क्रममा अहसज स्थिति भएको बताए । तोडफोड समेत नगरेको उनले दावि छ ।

इलाका प्रहरी कार्यालय झलारीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । तर, घटनाको चौतर्फि बिरोध तथा भत्र्सना भईरहेको छ। स्वयम काँग्रेस नेता कार्यकर्ताले समेत बिरोध गरेका छन् । कार्यालयमै गएर दादागिरीशैलीमा हातपात गर्नु निन्दनिय भएको टिप्पणी गरिएको छ ।

ताजा समाचार