सांसद धामीको पहलमा प्रविधिमैत्री बन्दै शुक्लाफाँटाका सामुदायिक विद्यालय

प्रतिनिधी सभा सदस्य (सांसद) नर बहादुर धामीको पहलमा शुक्लाफाँटा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन कार्यक्रम सञ्चालन गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद धामीको पहलमा शुक्लाफाँटाका आधा दर्जन विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

समय सापेक्ष अनुसार विद्यार्थीहरुलाई समय सापेक्ष प्राविधिक शिक्षा दिनका लागि विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको सांसद धामीको स्वकीय सचिव अर्जुन भट्टले बताए । ‘अहिलेको समय अनुसार विद्यार्थीहरुलाई सूचना र प्रविधिको शिक्षा हासिल गराउन सांसदज्यूले विशेष पहल गर्नु भएको छ, त्यसका लागि सूचना प्रविधिमैत्री विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ’ उनले भने,‘ यो कार्यक्रमले सूचना प्रविधिको क्षेत्र अझ फराकिलो हुने अपेक्षा राखिएको छ ।’ कार्यक्रम अन्तर्गत विद्यालयमा कम्प्युटर जडान लगायतका सूचना प्रविधिसंग सम्बन्धित कार्य गरिएका छन् ।

कार्यक्रम अन्तरगत शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालय कसरौलमा कम्युटर जडान गरिएको छ । विद्यालयमा २५ कम्प्युटर, १६ ब्याट्री, ४ क्यामेरा, इन्टरनेट, प्रोजेक्टर, साउन्ड बक्स जडान लगायतका कार्य गरिएका छन् । निर्वाचन क्षेत्र नं। २ मा पर्ने शुक्लाफाँटा, कृष्णपुर र बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ । संसद धामीको कामबाट विद्यालय, अभिभावक सहित हर्षित भएका छन् ।

ताजा समाचार