नेता कार्यकर्ताको स सम्मान रिहाईको माग

नेकपा विप्लव सेती महाकाली ब्यूरोले पक्राउ परेका नेता कार्यकर्तालाई रिहाईको माग अघि सारेकोछ । नेकपा सेती महकाली ब्यूरोले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ गरेका नेता कार्यकर्ता रिहाईको माग अघि सारेको हो । नेकपा सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन लगायत सेति महाकालीका विभिन्न जिल्ला रहेका सम्पुर्ण राजबन्दीहरुको निर्सत र सम्मानजनक रिहाईको लागी आग्रह गर्दै अन्यथा आगामी दिनहरुमा पार्टी निकै ठूलो प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
नेकपा सेती महाकाली ब्यूरो कार्यालय सचिव छबिलालले हस्ताक्षर गरेको विज्ञप्तीमा कोरोना महामारीको कारण संघर्षका कार्यक्रम स्थगित गरिएको बेला केन्द्रिय सदस्य तथा सेतीमहाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुन र महिला संगठन सेम ब्युरो संयोजक.पुर्णिमा धामीलाई कैलालीको फुलबारीबाट गिरफ्तार गरि षड्यन्त्रपुर्वक झुट्ठा मुद्दामा फसाउने योजनाका विरुद्ध तथा गिरफ्तार नेताकार्यकर्ताको रिहाईका लागि साउन ३ गते देखि साउन ०८ गतेसम्म घोषित संघर्षका कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको जनाएको छ ।
दमनकारी र फासीवादी राज्यका विरुद्धको प्रतिरोध संघर्षमा नैतिक र भौतिक समर्थन गर्नुहुने सेतिमहाकालीका सम्पुर्ण न्यायप्रेमी आमजनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा हुने जनसंघर्षमा पनि सहयोग अपेक्षा गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds