वडा कार्यालयमा आगजनी गर्ने समुहमाथि कार्बाहीको माग

शुक्लाफाँटा नगरपालिकाले वडा कार्यालयमा आगजनी गर्ने समुहमाथि कार्बाहीको माग अघि सारेको छ । अज्ञात समुहले रातीको समयमा शुक्लाफाँटा नगरपलिका ७ नम्बर वडा कार्याललयमा आगजनी गरेको थियो । बिहीबार शुक्लाफाँटा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै अज्ञात समुहद्वारा गरिएको अति निन्दनीय, गैरजिम्मेबारपूर्ण, जनहित विपरित क्रियाकलापप्रति खेद प्रकट गरेको छ । गैर कानुनी क्रियाकलाप गर्ने जो जो केहीलाई पनि अविलम्ब कानुनी दायमार ल्याई कार्बाहीको माग गरिएको छ ।

७ नक्बरका अति दुर्मम तथा दुरदराजमा बसोबास गर्ने विपन्न तथा राजनीतिक, आर्थिक, समाजिक शैक्षिक लगायतको पहुँचबाट टाढा रहेका नागरिकलाई स्थानीय स्तरमा घरदैलोमै विभिन्न सेवा सुविधा प्रदन गर्न नेपालको वर्तमान संविधान, संघीयता तथा स्थानीय सरकार संचालन ऐन २०७४को मुलमर्म र उद्देश्य समेतलाई कार्यान्वन गर्न स्थापना भएको कार्यालयले स्थापना कालदेखि न स्वच्छ, निष्पक्ष जनउत्तरदायी, सर्वसुलभ प्रभावकारी ढङगबाट सेवासुविधा प्रदन गर्दै आएको जनाईएको छ । राती अज्ञात समुहद्वारा वडा कार्यालयमा गरिएको आगजनीले कार्यालयमा रहेका कागजपत्र, विद्युतीय, उपकरण लगायत भौतिक क्षति हुन गई नियमित सेवा प्रवाहमा अवरोध भएको जनाएको छ ।

नगर प्रवक्ता जगत बहादुर सिहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनाबाट आम सर्वसाधारण लगयत सरोकारवालामा गम्भिर असर पर्न गएको जनाएको छ । स्थानीय एव जनप्रतिनिधीले घटनाप्रति घोर भत्र्सना जनाउँदै वडा कार्यालयमा आगजनी सम्पूर्ण वडाबासीमाथिको कुठाराघात भएको जनाउँदै दोषी उपर कार्बाहीको माग अघि सारिएको छ । जनता सबैको सार्वजनिक सम्पत्ती भएकाले यस्ता विकास तथा मानवता विरोधी समुहको पहिचान गरेर दोषि उपर कार्बाहीको विकल्प नभएको बताएका छन् ।

ताजा समाचार