शुक्लाफाँटा नगरपालिका ७ नम्बरको वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

अज्ञात समुहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ नम्बर वडा कार्यालयमा आगजनी गरेको छ । गयराती जुडा कालापानी स्थित रहेको ७ नम्बर वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट कार्यालयका आवश्यक सम्पूर्ण कागजात, ईलेक्ट्रिोनिक समान लगायतका समाग्री नष्ट भएका छन् । बिहीबार बिहान गाउँदेखि बजार दुध पु¥याउने स्थानीयले धुवा देखेपछि वडा कार्यालमा आगो लागेको थाहा भएको हो ।

गत बर्ष मात्रै नयाँ भवन निर्माण भएको थियो । नयाँ भवनमा आगजनी भएपछि भित्रका आन्तरिक समाग्री जलेपछि चिटिक्क देखिएको भवन कुरुप देखिएको छ । वडा कार्यालयका सचिव महेश भट्टले बुधबारदेखि अघिका सबै कागजात नष्ट भएको बताए । गत बर्ष पनि अज्ञात समुहले वडाध्यक्ष सिहकै सवारी साधनमा आगजनी गरेका थिए । एक बर्ष नवित्दै वडा कार्यालयमा आगजनी भएपछि स्थानीयले दोषि कानुनी दायमा नआउँदा कहिले सवारी साधन, कहिले वडा कार्यालयमा आगजनी गरिएको बताएका छन् । वडाध्यक्ष जगत बहादुर सिहले कार्यालयमा आगजनी गर्नु अपराध मात्र नभई ठुलो महापाप भएको बताउदै अनुसन्धानको विषय भएको बताए । गाडीमा आगजनी कसले, किन के कारण बाट लगाएको हो, भन्ने बारेमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

तर, गाडीमा आगजनी गरिएको बारे कसैले पनि जिम्मा लिएको छैन् । झलारी प्रहरीले शंकास्पद व्यक्तिमाथी निगरानी र घटनाको शुक्ष्म अनुसन्धान भईरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मेन्द्र राववले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । घटनामा संलग्नको खोजिकार्य गरेर कानुनी दायमा ल्याईने बताए । शुनियोजित ढङगबाट आगजनी गरिएको भन्दै यो सरासर जनता बिरोधी कदम भएको स्थानीयको भनाई छ । आगजनीप्रति शुक्लाफाँटा नगरपालिकाले भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरेर दोषि उपर कार्बाहीको माग गरेको छ । शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐरले घटनामा संलग्न जुनसुकै भएपनि अपराधी भएकाले यथाशिघ्र कानुनी दायरमा ल्याएर कार्बाही गर्नुपर्ने माग गरेका छन् । विकास बिरोधी मानवता बिरोधी समुहले जहिले पनि शुक्लाफाँटा नगरपालिकामा आक्र्रमण गर्न लागेको भन्दै जनप्रतिनिधीले यस्ता अपराधीमाथि हदैसम्मको कार्बाहीको माग अघि सारेका छन् ।

ताजा समाचार