बेलौरी नगरपालिकामा लगाइएको ताला खोलियो

लालबहादुर एस के / कञ्चनपुर

बेलौरी नगरपालिकामा सोमबार गरिएको तालाबन्दी मंगलबार दुबै पक्षको सहमतिमा खोलिएको छ। सोमबार काँग्रेस बेलौरी पैरवी तथा खबरदारी समितिले तालाबन्दी गरेको थियो।

मंगलबार भएको दोहोरो पक्षको छलफलमा समितिका तर्फबाट फोहरमैला ब्यबस्थापन नभएको र यसलाई ब्यबस्थापन गरिनु पर्ने, बिकास निर्माण र सेवा प्रबाहलाई चुस्त र दुरुस्त गरिनु पर्ने लगायतका बिबिध विषयका सम्बन्धमा नगर प्रमुख समक्ष अबगत गराइएको थियो । नगर प्रमुख पोतिलाल चौधरीले अबगत गराइएका सबै विषयमा जबाफ दिदै ‘म यी विषयमा कटिबद्ध भयर समस्या समाधान गर्ने छु भने पछि सहमतिमा ताला खोलिएको हो ।’

अन्त्यमा छोटो बिचार राख्दै नगर प्रमुखले भन्नू भयो ‘यस नगरपालिकाको समग्र बिकाशमा म एकलैले मात्र सम्भब न भएकोले सम्पुर्णले साथ दिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।आगामी दिनमा कुनै जानकारी बिना तालाबन्दी नगरेर छलफल गरि समस्याको समाधान तर्फ जानका लागि सम्पुर्णमा आग्रह गर्नुभयो।

ताजा समाचार