सर्पको टोकाईबाट दोधारा चादाँनीका एक महिलाको मृत्यु

दोधारा 

सर्पले टोक्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. १ पशुपति टोलमा विषालु सर्पले डस्दा अन्ताजी ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको उनका श्रीमान दामोदर पन्तले जनाएको छ् । आज बिहान घर नजिक रहेको गोठमा भुस संकलन गर्ने क्रममा उनलाई बिशालु सर्पले टोकेको थियो ।

आज बिहान करिब ७ बजे सर्पले टोकेपछि उपचारका लागि स्वास्थ्य केन्द्र लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको उनका श्रीमान पन्तले जानकारी दिएका छन् । गर्मी बढे संग माहाकाली नगर क्षेत्रमा सर्पको बिगबिग बढेर गएको छ् ।

ताजा समाचार