३८ औं बिपि स्मृतिमा दोधारा चाँदनीका क्वारेन्टाईन र स्वास्थ्य केन्द्रमा फलफुल र स्वास्थ्य सामग्री बितरण

पप्पु गुरुङ्ग/ दोधारा 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृति आज माहाकाली नगरपालिकामा विभिन्न रचनात्मक कार्यक्रम गरी मनाईएको छ् । यस अवसरमा नेपाली काग्रेस चाँदनी पार्टी कार्यालयमा बिशेष कार्यक्रम संचालन गरि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा श्रंद्धान्जली सभा आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले विपीले देखाएको बाटो र सिद्धान्तको बाटोमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

बिभिन्न गुट उपगुट बनाउन तर्फ नभई साच्ची कै परीवर्तन गर्न सक्ने क्षमता आफुहरुमा राख्न माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । त्यसैगरी, यसैे अवसरमा नेपाली कांग्रेस दोधार चाँदनीले बृक्षारोपण समेत गरिएको छ् । बिपी स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेका महासमिति सदस्य बिर बहादुर सुनारले नेपालको राजनीतिक व्यवस्था परिर्वतनका लागि बिपी कोइरालाले आफ्नो जीवन नै समर्पित गरेको बताए । अहिलेको परिस्थितिमा बिपीको आदर्श र सिद्धान्तलाई नेपाली कांग्रेसले बिर्संदै गएकोमा उनले चिन्ता व्यक्त गरे । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली कांग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली कांग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउदै आएको छ् । राणा शासन विरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्ति देखि २०३६ सालको जनमत संग्रह सम्म चर्चाको शिखरमै रहे ।

कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनको मुर्धन्य नेता मानिन्छन् । कोइरालाले राणा शासनका विरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि संघर्ष गर्ने कार्यको अगुवाइ गरेका र २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपुर्ण र ऐतिहासिक भुमिका निर्वाह गरेका कार्यक्रममा बताईएको छ् । ३८ औं बि पि स्मृति दिवसका उपलक्ष्यमा नेपाली कांग्रेस नगर कार्य समिति माहाकालीले भारतबाट आएका र हाल क्वारेन्टाइनमा बस्दै आएका झण्डै ३) जना सथानियह?लाई फलफुल, सर्जिकल मास्क, सेनिटाइजर लगाएत सामग्री बितरण गरिएको नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्दले जानकारी दिएका छन् । यस्तै माहाकाली नगरपालिकाको एक मात्रै स्वास्थ्य केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिरामीहरुलाई फलफुल, सर्जिकल मास्क, सेनिटाइजर लगाएत सामग्री बितरण गरिएको थियो भने उनिह?को स्वास्थ्यको कामना र समस्याका बारेमा जानकारी लिईएको नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्दले बताएका छन् ।

कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाली काग्रेंस क्षेत्र नं. ३ का क्षेत्रिय सभापती गोपाल दत्त भट्ट, नेपाल प्रजातन्त्रीका प्रदेश महासचिव नाफु सिंह साउद, नेपाली काग्र्रेसका प्रदेश सभाका उम्मेदवार तथा तत्तकालिन दोधारा गाबिस अध्यक्ष बेल बाहादुर राना, नेपाली काग्रेंस माहाकली नगर कार्य समितिका सभापती डम्मर चन्द, सचिव राजेन्द्र मल्ल, उपसभापति चन्द्र बिष्ट लगाएत नेपाली काग्रेंस नगर कार्य समिति पदाधिकारी तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds