कोरोना संक्रमणबाट बाँच्न व्यवहार परिर्वतन कार्यक्रम

कोरोना भाईरसबाट बाँच्नका लागि निड्स नेपालले व्यवहारिक परिर्वतन कार्यक्रम ल्याएको छ । निड्स नेपाल कञ्चनपुरले स्वच्छता तथा व्यवहार परिर्वतन गठबन्धन परियोजना मार्फत भीमदत्त नगरपालिकामा उक्त कार्यक्रम संचालन गर्न लागेको हो । कोडिभ लगायतका रोगहरु सरसफाई अभावका कारण सर्ने भएकाले त्यसबाट बाँच्नका लागि सो कार्यक्रम ल्याएको जनाईएको छ ।

निड्स नेपाल स्वच्छता तथा व्यवहार परिर्वतन गठबन्धन परियोजनाका परियोजना संयोजक प्रयागराज रेग्मीले भीमदत्त नगरका केही जोखिमयुक्त वडाका बस्तीमा कार्यक्रम संचालन गरिने बताए । उनका अनुसार २, ९, १०, ११, १२, १३ , १८ र १९ वडाहरुमा कार्यक्रम संचालन हुँनेछ । कार्यक्रम मार्फत सर्वप्रथम आमालाई जातुको हात भनेर लक्षित गरिएको छ । ‘आमा स्वच्छ भए, बालबालिका पनि हुन्छन, ‘उनले भने, ‘सबैभन्दा पहिला आमा स्वच्छ हुनुप¥यो ।’ आमा समुह, बाल क्लब, महिला स्वयसेविका, समुदायमा व्यवहारिक परिर्वतन गराउने कार्यक्रम संचालन हुनेछन् । हातधुने सेन्टरको स्थापना, हेल्पडेस्क स्थापना, डिजिटल सुचना केन्द्रको स्थापना गरेर सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । कार्यक्रम मार्फत प्रत्यक्ष ४ हजार र अप्रत्यक्ष ५० हजार मानिस लाभात्वित हुनेछन् । मगलबार कार्यक्रम बारे भीमदत्त नगरका जनप्रतिनिधीलाई जानकारी गराईएको छ ।

पिएचपी अधिकृत प्रनिता भट्टले कार्यक्रमको बारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले कोडिभ १९ रोकथाम नियन्त्रणका लागि सो कार्यक्रम ल्याईएको बताए । भीमदत्त नगरका जनप्रतिनिधीले कार्यक्रम स्थानीय सरकारसंग समन्वयमा जोडदिएका छन् । भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द (सिह)ले कार्यक्रमबाट केही विपन्न तथा गरिब बस्तीमा कोरोना संक्रमण्बाट बाँच्न र रोग लाग्नबाट बाँचिने बताईन् । कोरोनाबाट बाँच्नका लागि व्यवहारिक परिर्वतन अनिवार्य रहेको उनको भनाई थियो । रोजगार सुचना केन्द्रमा जोड भीमदत्त नगरका सरोकारवालाले रोजगार सुचना केन्द्रमा जोडदिएका छन् । सुचना केन्द्र अभावका कारण रोजगारदाता र रोजगारीकर्ताविच भेट नहुँदा बेरोजगारी र काम अभाव हुने भएकाले सुचना केन्द्र निर्माणमा जोडदिएका हुन् ।

मंगलबार निड्स नेपालले भीमदत्त नगरका जनप्रतिनिधी तथा कर्मचारीसंग बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्वद्धन योजना समन्वयात्मक बैठकमा सहभागिले सुचना केन्द्रमा बनाउनुपर्र्ने सुझाव दिएका छन् । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले काम गर्ने श्रमिक र काम गराउने रोजगारीदातविचको अभावका कारण दुवैतर्फ समस्या रहेकाले त्यसलाई पूर्तिका लागि केन्द्र आवश्यक रहेको औल्याए । भीमदत्त नगरपालिका आर्थिक समिति संयोजक डम्कर कार्की(डिके)ले बेरोजगारीलाई रोजगारीका लागि दक्ष तालिम ईच्छा शक्ति आवश्यक रहेको औल्याए । भीमदत्त नगरपालिका १२ वडाध्यक्ष कृष्णसिह देउपाले बजारको मागको आधारमा तालिम संचालनमा जोडदिए । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले स्थानीय बस्तु, सेवा र जनशक्ति समेटेर आत्मनिर्भर बनाउने कार्यक्रम रहेको बताए । भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द(सिह)ले तालिम तालिमका लागि नभई आत्मनिर्भरका लागि भएको बताउदै तालिमको सदुपयोग गर्नेलाई मात्रै तालिम दिनुपर्नेमा जोडदिईन् । बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्वद्धन (दक्षता परियोजना) अधिकृत बिनोद कडाराले परियोजना बारे कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

ताजा समाचार