भारतीय पक्षद्वारा अवरोध गरिएको हुलाकी राजमार्गको काम शुचारु

फिल्मीशैलीमा तामझाम र फौजफक्कड ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले कञ्चनपुरमा निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए । दर्जनौँ लावा तस्कर सहित आएका भारतीय सुरक्षाफौजले अवरोध गरेको कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन हुलाकी सडकको काम नगर्न दवाव दिएर फर्किका थिए । पश्चिम कञ्चनपुरदेखि पुर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको तेस्रो दिनदेखि पुन शुचारु भएको छ ।

यस पटक भारतीय पक्षले अवरोध गरेपनि नेपाल पक्षले तीन दिनमै निर्माण कार्य शुचारु गरेको हो । सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका सुपरभाईर गणेश परियारले निर्माण कार्य शुचारुकै विचमा भारतीय पक्षले रोकेपनि तीन दिनमै पुन काम शुरु भएको बताए । ‘भारतबाट आएका सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारी आएर काम रोकेर पछि छलफल गरौँला भनेर फर्किए, ‘उनले भने, ‘नेपालका तर्फबाट सशस्त्र प्रहरीका अधिकारी आएपछि काम शुचारु गरेका छौँ ।’ कालोपत्रेका लागि बेस बिछ्याउने क्रममा भारतीय पक्षबाट अवरोध भएको स्थानदेखि करिब २ किलोमिटर परसम्म बेस बिछ्याईएको उनले बताए । ‘काम शुरु भईसकेको छ, ‘उनले भने, ‘बिना कारण रोकटोक गरियो ।’ भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ ।

गत बर्ष ग्राभिलिङ्ग गर्दा भारतीय पक्षले अवरोध गरेको थियो, रिफेन्स पिलर क्षेत्रको पुर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको छ । भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दावि गर्दै काममा अवरोध गर्दै आएको छ । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले नेपाली अधिकारीसंग समन्वयमा काम शुचारु भएको बताए । ‘भारतीय पक्षबाट अनावश्यक विवाद झिकेर गए, ‘उनले भने, ‘नेपाली पक्षले शुरुवात गरेका छौँ ।’

ताजा समाचार