दुर्गा भगवती मन्दिरको विवाद टुङ्गो

कञ्चनपुरको दक्षिण भेग सीमाबर्ती गाउँ भुडाको दुर्गा भगवती मन्दिरको विवाद टुङ्गो लागेको छ । बेलौरी नगरपालिका १० भुडाको दुर्गा भगवती मन्दिरको विवाद टुङ्गो लागेको हो । मन्दिर संरक्षण समिति र पुजारी शम्भु प्रशाद चालिसेविच जमिनको विषयमा विवाद थियो । मन्दिर संरक्षण समितिको जमिनमा पुजारीका रुपमा चालिसेलाई बषौँदेखि राखिएको थियो । मन्दिरकै जमिनमा बसेका चालिसे र जमिनदाता केशर बहादुर शाहीविच १२ बर्ष अघि ४० हजारको लेनदेन कारोबार भएको थियो । पुजारी चाालिसेले शाहीसंग जमिन खरिद गरेको बताएका थिए ।

‘मैले शाहीसंग ४० हजार करिब एकडेढ कट्टा क्षेत्रफलको जमिन खरिद गरेको थिए, ‘उनले भने, ‘अहिले आएर मन्दिर समितिले मेरो घर सहितमा तारबार गरिदिए ।’ मन्दिर संरक्षण समितिले पुजारी चालिसेसंग पटक पटक मन्दिरको जमिन खाली गर्नका लागि अनुरोध गर्दै आएका थिए ।दुर्गा भगवती मन्दिर समितिका अध्यक्ष भक्त बहादुर चन्दले पुजारी चालिसेलाई पुजा गर्नका लागि राखिएको बताए । ‘मन्दिरको जमिन केशर ब शाही र चेत बहादुर केसीको परिवारले दान दिएका थिए, ‘अध्यक्ष चन्दले भने, ‘यो मन्दिरको जमिन २०५५ सालमा कित्ताकार्ड भईसकेको हो, अहिले पुजारीले आफ्नो र खरिद गरेको भन्न मिल्दैन ।’ जमिन दाता शाही र पुजारीविच भएको ४० हजार लेनदेनमा मन्दिरको नाममा कित्ताकाट भएको जमिनमा अत्तो थाप्न नहुने अध्यक्ष चन्दले बताए । गत आर्थिक बर्ष २०७६/०७७मा वडा कार्यालयबाट मन्दिरको जमिनमा तारबार गरेपछि पुजारीले वडा आफ्नो जमिन र पुर्व सुचनबिचै तारबार गरिएको भन्दै वडा कार्यालयमा निवेदन दिएका थिए ।

आइतबार बेलौरी नगरपालिका १० का वडाध्यक्ष होरिलाल चौधरीको अध्यक्षतामा सबेको बैठकले शाही र पुजारी चालिसेविच भएको ४०हजार लेनदेनमा शाहीले चालिसेलाई उक्त रकम फिर्ता दिने र ०७७ फागुनसम्म मन्दिरको जमिन खालीगरिसक्ने गरि बस्न दिने सहमती भएको थियो । दुवै पक्षविच सहमती भएपछि विवाद टुङ्गो लागेको छ । मन्दिरको विवाद टुङ्गे लागेपछि स्थानीय हर्षित भएका छन् । दुवै पक्ष, स्थानीय बुद्धिजिवी लगायतले उक्त सहमती गरेपछि विवाद टुङ्गो लागेको  हो ।

ताजा समाचार