कसैबाट दवाब होईन काम गर्ने वातावरण नभएकाले राजिनामा दिएको हुँ : बराल

आर्थिक बर्ष २०७६/०७७ सकिएको छ, नयाँ आर्थिक बर्ष २०७७/७८ शुरुवात भएको छ । आर्थिक बर्ष सकिएकै समय र नयाँ बर्ष शुरुवातकै चरणमा बेलौरी नगरपालिकामा कार्यरत ईन्जिनियर ईश्वर बरालले राजिनामा दिएका छन् । उनले राजिनामाको विषयमा स्पष्ट नखोलेपनि बेलौरीका काम गर्दा बस्न नसकिने बताएका छन् । ‘मलाई कसैबाट दवाव होईन, मैले आफैले छाडेको हुँ, ‘उनले भने, ‘त्यहाँ बस्दा मेरो व्यवसायिक बृद्धि विकास र भविष्य देखेन ।’ तपाईलाई अनावश्यक बिल पास गर्नका लागि दवाव आएको हो, भन्ने प्रशनमा उनले मेयर, उप मेयर हाकिम कसैबाट पनि दवाव नआएको बताउदै त्यहाँ बसेर काम गर्न नसकिने भएकाले राजिनामा दिएको बताए ।

बृद्धि विकास भनेको आफ्नो व्यवसायिक हो, कि अनावश्यक कमाई भन्नेमा उनले जसले बुझ्नुहोस बुझ्न भने । केही राम्रा ईन्जिनियर स्वच्छ छविका पनि छन् । तर अधिकाँसले हरेक योजनाबाट अनावश्यक रकम कुम्ल्याउन नपाएपछि रिसाउनेदेखि राजिनामा दिने गरेका छन् । तर, बरालले के कारणले दिएका हुन् । खोल्न चाहेनन, बरु त्यहाँ काम गर्ने बातवरण नै नभएको दोहो¥याए । कसबाट किन ? भन्ने उनले त्यतातिर जाँदै गएनन् । अख्तियारले बेलौरी नगरपालिकाकै सव ईन्जिनियर ह्दय बजगाईलाई रंगेहात ६० हजार सहित पक्राउ गरेको थियो ।

ईन्जिनियरको राजिनामाले अनेकन शंका आशंकका उब्जाएको छ । अख्तियारले दैनिक ईन्जिनियरहरुलाई घुस सहित पक्राउ गर्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले कार्यालय सहयोगीदेखि उप–सचिवसम्मका कर्मचारीलाई रंगेहात पक्राउ गरेको तथ्याङ्क छ । आर्थिक बर्ष २०७२/०७३ देखि आर्थिक बर्ष २०७६/०७७ को पुष मसान्त सम्ममा तीन करोड ६४ लाख, ६ हजार ४५० रुपैया समेत बरामद गरेको छ । अख्तियारको तथ्याङ्क अनुसार प्राविधिक धारतर्फका कर्मचारी बढि पक्राउ परेका छन् । १५ जना प्राविधिक धारतर्फका कर्मचारी पक्राउ परेका छन् । ईन्जिनियर, वन र कृषिका प्राविधिक कर्मचारी हुन् । अख्तियारको तथ्याङ्क अनुसार प्राविधिक धार तर्फका कर्मचारी बढि अर्थात महाभ्रष्ट रहेको देखाईएको छ ।

ताजा समाचार

This will close in 10 seconds